Shopping cart

  • Home
  • स्वास्थ्य
  • त्रिशूली बस दुर्घटनाप्रति माधवकुमार नेपालद्वारा दुःख व्यक्त उपचारमा तीव्रता दिन आग्रह
देश

त्रिशूली बस दुर्घटनाप्रति माधवकुमार नेपालद्वारा दुःख व्यक्त उपचारमा तीव्रता दिन आग्रह

Email :86

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पोखराबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा ठूलो मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

नेता नेपालले सामाजिक संजाल फेसवुक मार्फत एक शोक वक्तव्य जारी गर्दै उक्त दुर्घटनामा ज्यान गुमाउने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै पीडित परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरेका छन्।

नेपालले दुर्घटनामा घाइते भएकाहरूको शीघ्र उद्धार, प्रभावकारी उपचार तथा राहत व्यवस्थापनमा कुनै कमी हुन नदिन सम्बन्धित निकायको ध्यानाकर्षणसमेत गराएका छन्।

Comments are closed

Related Post