काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उदयपुर निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार बलदेव चौधरीले क्षेत्रको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, प्राथमिकता र योजनासहित विस्तृत निर्वाचन प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्।
बेल्टार बजारमा आयोजित पत्रकार सम्मेलनमार्फत उनले पूर्वाधार, कृषि, उद्योग, शिक्षा, स्वास्थ्य, पर्यटन र सुशासनलाई केन्द्रमा राख्दै दीर्घकालीन विकासको मार्गचित्र प्रस्तुत गरेका हुन्।

प्रतिबद्धतापत्रमा चौधरीले विगतका दशकहरूमा विकासका अनेकौँ आश्वासन प्राप्त भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गर्दै अब उदयपुर १ लाई समृद्ध, आधुनिक र आत्मनिर्भर क्षेत्र बनाउने लक्ष्य लिएको बताए।
चौधरीले सडक, पुल, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, उद्योग, स्वरोजगार, विपत् व्यवस्थापन, भूमिहीन समस्या समाधान र सुशासनलाई प्राथमिकतामा राख्दै दीर्घकालीन विकासको स्पष्ट मार्गचित्र प्रतिबद्धतापत्र प्रस्तुत गरेको दाबी गरेका छन्।
प्रतिबद्धतापत्रमा बेलका नगरपालिकालाई कृषि र पर्यटन केन्द्र, चौदण्डीगढी नगरपालिकालाई औद्योगिक केन्द्र र त्रियुगा नगरपालिकालाई शैक्षिक तथा सेवा केन्द्रको रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। यसले क्षेत्रीय सन्तुलित विकास, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारमा सहयोग पुग्ने उनको अपेक्षा छ।
चौधरीले पूर्वाधार विकासलाई प्राथमिकता दिँदै मदन भण्डारी राजमार्ग, कोशी करिडोर, स्थानीय सडक र पुल निर्माण, ग्रामीण सडक स्तरोन्नति, रिङरोड सम्भाव्यता अध्ययन र सगरमाथा विमानस्थल सञ्चालनजस्ता योजनाहरू अघि सारेका छन्।
‘वाचा होइन, परिणाम’ दिने प्रतिबद्धता
प्रतिबद्धता पत्र सार्वजनिक गर्दै चौधरीले विगतमा धेरै आश्वासन दिए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको उल्लेख गरे। अब योजनाबद्ध, वैज्ञानिक र परिणाममुखी विकासमार्फत उदयपुर-१ लाई समृद्ध, आधुनिक र आत्मनिर्भर क्षेत्रका रूपमा रूपान्तरण गर्ने अठोट व्यक्त गर्दै उनले आफू “जनताको सेवक” का रूपमा काम गर्ने दाबी गरे।
उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा तारा छापमा मतदान गरी विजयी गराउन मतदातासँग अपिल गर्दै जनताको विश्वासलाई व्यवहारमा रूपान्तरण गर्ने प्रतिवद्धता जनाए।
तीन नगरपालिका, तीन विकास केन्द्र
चौधरीले “समृद्ध उदयपुर, सुखी जनता” को मूल लक्ष्यसहित तीनवटै नगरपालिकालाई विशेषीकृत विकास केन्द्रका रूपमा अघि बढाउने योजना सार्वजनिक गरेका छन् ।
बेलका नगरपालिका – कृषि तथा पर्यटन केन्द्र
चौदण्डीगढी नगरपालिका – औद्योगिक केन्द्र
त्रियुगा नगरपालिका – शैक्षिक तथा सेवा केन्द्र
उनका अनुसार यसले क्षेत्रीय सन्तुलन कायम गर्दै आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र जीवनस्तर उकास्न सहयोग पुर्याउनेछ।
पूर्वाधारमा आक्रामक योजना
पूर्वाधारलाई विकासको मेरुदण्ड मान्दै चौधरीले सडक, पुल र यातायात सञ्जाल विस्तारलाई उच्च प्राथमिकतामा राखेका छन्।
मदन भण्डारी राजमार्ग निर्माणलाई तीव्रता
कोशी करिडोर सडक (मैनामैनी-मयंखु खण्ड) अघि बढाउने
गाईघाट-फत्तेपुर सडकखण्डका २२ वटा खोलामा पुल निर्माण
ग्रामीण सडकलाई बाह्रै महिना सञ्चालनयोग्य बनाउने
तीनवटै नगरपालिकामा रिङरोडको सम्भाव्यता अध्ययन
तपेश्वरी हुँदै एसियन हाइवे विस्तारका लागि पहल
जोगीदहस्थित सगरमाथा विमानस्थल पूर्ण सञ्चालन
कृषि आधुनिकीकरण र ५० हजार रोजगारीको लक्ष्य
कृषिलाई आर्थिक मेरुदण्डका रूपमा विकास गर्ने लक्ष्यसहित उनले लिफ्ट तथा भूमिगत सिँचाइ आयोजना सञ्चालन, सिँचाइ मास्टर प्लान निर्माण र पकेट क्षेत्र विकास कार्यक्रम अघि सारेका छन्।
चौधरीले कृषिलाई क्षेत्रीय अर्थतन्त्रको मेरुदण्ड मान्दै लिफ्ट र भूमिगत सिँचाइ आयोजना, केरा, अदुवा, बेसार, अकबरे खुर्सानी र दलहन पकेट क्षेत्र विकास, आधुनिक शीतभण्डार स्थापनाजस्ता योजनाहरू प्रस्तुत गरेका छन्। यसले कृषकको आय बढाउने र ५० हजारभन्दा बढी रोजगारी सिर्जना गर्ने उनको भनाइ छ।
पर्यटनमा ऐतिहासिक चौदण्डीगढी दरबार केन्द्रमा
पर्यटन प्रवर्द्धनका लागि ऐतिहासिक चौदण्डीगढी दरबार को संरक्षण र प्रचार–प्रसारलाई प्राथमिकता दिइने बताइएको छ। ग्रामीण पर्यटन विस्तारका लागि होमस्टे कार्यक्रम, युवालाई तालिम र सहुलियत ऋणमार्फत स्थानीय रोजगारी सिर्जना गर्ने योजना पनि समेटिएको छ।
उदयपुरको धार्मिक, ऐतिहासिक र प्राकृतिक सम्पदा संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने, होमस्टे सञ्चालनमार्फत स्थानीय युवालाई तालिम र रोजगारी उपलब्ध गराउने योजना पनि प्रतिबद्धतापत्रमा प्रस्तुत गरिएको छ।
शिक्षा-स्वास्थ्यमा सुधार र मेडिकल कलेज स्थापना
चौधरीले सामुदायिक विद्यालयको भौतिक सुधार, प्राविधिक शिक्षाको विस्तार र प्रत्येक वडामा पुस्तकालय स्थापना गर्ने योजना अघि सारेका छन्। स्वास्थ्यतर्फ नगर अस्पतालहरूलाई विशेषज्ञ सेवासहित स्तरोन्नति गर्ने, एम्बुलेन्स र स्वास्थ्य चौकीलाई स्रोत-साधन सम्पन्न बनाउने तथा त्रियुगा–वगाहा क्षेत्रमा मेडिकल कलेज स्थापना गर्ने पहल गर्ने प्रतिबद्धता जनाइएको छ।
शिक्षा क्षेत्रमा सामुदायिक विद्यालय सुधार, प्राविधिक शिक्षा विस्तार, पुस्तकालय स्थापना र गुणस्तरीय शिक्षाको वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ। स्वास्थ्य क्षेत्रमा नगर अस्पताल स्तरोन्नति, विशेषज्ञ सेवा, एम्बुलेन्स सुविधा र त्रियुगा-बगाहा क्षेत्रमा मेडिकल कलेज स्थापना गरिने योजनासमेत अघि सारिएको छ।
सुशासन, युवा स्वरोजगार र भ्रष्टाचार नियन्त्रण
सरकारी सेवालाई प्रविधिमैत्री बनाउँदै पारदर्शिता र सुशासन सुनिश्चित गर्ने उनले बताएका छन्। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई कृषि, पशुपालन र साना उद्योगमा सहुलियतपूर्ण ऋणमार्फत स्वरोजगारमा जोड्ने योजना पनि सार्वजनिक गरिएको छ।
विपद् व्यवस्थापन र भूमिहीन समस्या समाधान
त्रियुगा, लुहाले, गिदेरी, लामाखोला लगायत नदी-खोलामा तटबन्ध निर्माण गरी कटान–डुबान नियन्त्रण गर्ने योजना अघि सारिएको छ। भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोवासीलाई लालपुर्जा वितरण सुनिश्चित गर्न कानुनी पहल गर्ने, सहकारी र घरेलु उद्योगलाई उत्पादनमुखी बनाउने तथा उदयपुर सिमेन्ट उद्योगलाई वैज्ञानिक ढंगले सञ्चालनमा ल्याउने प्रतिबद्धता पनि जनाइएको छ।
एउटा मतले भविष्य बदल्न सक्छ
प्रतिबद्धता पत्रको अन्त्यमा चौधरीले जनताको एउटा मतले उदयपुर-१ को भविष्य परिवर्तन गर्न सक्ने उल्लेख गर्दै विकास, समृद्धि र जनताको जीवनस्तर सुधार आफ्नो प्रमुख लक्ष्य भएको बताएका छन्।
“उदयपुरे जनताको सुख, वैज्ञानिक विकास र आर्थिक समृद्धि मेरो प्रतिबद्धता हो,” भन्दै उनले तारा छापमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराउन अपिल गरेका छन्।
यस्ताे छ प्रतिवद्धता पत्र
प्रतिवद्धता पत्र
प्रिय उदयपुर क्षेत्र नं. १ का मतदाताहरू,
आदरणीय आमाबुबा दिदीबहिनी तथा दाजुभाइहरू !
हाम्रो क्षेत्र विगतका दशकहरूमा पटक–पटक आश्वासन पाए पनि अपेक्षित विकास हुन सकेको छैन। धुलाम्य सडक, पुल अभाव, स्वास्थ्य र शिक्षको पहुँच कमजोर, युवाहरूको रोजगारी अभाव र कृषकहरूको समस्या जस्ता मुद्दाहरूले जनतालाई आजित बनाएका छन्। विगतमा दिइएका
धेरै वाचा पूरा नभए पनि म तपाईंहरूको सेवक बनेर आएको छु। यो प्रतिबद्धता पत्र मेरो कार्यकालमा प्राथमिकताका साथ पूरा गर्ने मेरो लिखित वाचा हो । नेपाली कम्युनिष्ट पार्टीको तर्फबाट उदयपुर निर्वाचन क्षेत्र १ का लागि प्रतिनिधिसभा
सदस्यको उम्मेदवारको रुपमा खडा भइरहँदा म बलदेव चौधरी चुनावी वाचा मात्र होइन् काम गर्ने वाचासहित यो प्रतिवद्धता पत्र जारी गर्दछु । आसा छ तपाईहरुले मेरो पार्टी र मप्रति देखाउँदै आउनु भएको असीम माया र मप्रतिको विश्वासलाई फागुन २१ गते हुने चुनावमा तारा छापमा मतदान
गरी मलाई निर्वाचीत गराउनुहुनेछ । समृद्ध उदयपुर, सुखी जनताका निमित्त बेलका नगरपालिकालाई कृषि तथा पर्यटन,
चौदन्डीगढी नगरपालिकालाई औद्योगिक र त्रियुगा नगरपालिकालाई शैक्षिक हवको रुपमा अघि सार्ने
मूल प्रतिवद्धताका साथ “विकासको आधारः पूर्वाधार, कृषि र स्वरोजगार“को नारालाई अघि सारेको छु ।
१. पूर्वाधार र यातायात (कनेक्टिभिटी)
-राष्ट्रिय राजमार्ग र मदन भण्डारी राजमार्ग ः मैले पहलगरी सुरुगरेको (म–म) मैनामैनी देखि
मयँखुसम्मको कोशीकोरीेरको सडक निर्माणलाई उच्च प्राथमिकताको साथ अघि बढाउने ।
– अन्तरपालिकाको सडक संजाल विस्तार गर्ने ।
– मदन भण्डारी राजमार्गको निर्माणलाई तीव्रता दिई यस क्षेत्रका बजारहरूलाई राष्ट्रिय सञ्जालसँग
प्रभावकारी रूपमा जोड्ने ।
– गाईघाट, फत्तेपुर, पुरन्दह, रामपुर सडकलाई पिच गर्नुका साथै खोला र खहरेहरुमा पुलहरु
निर्माणका गर्ने ।
– एसियन हाइवेलाई तपेश्वरीबाट लैजाने कार्यको पहल गर्ने ।
-गाईघाट–फत्तेपुर, सडक खण्डका बाँकी २२ वटा साना–ठूला खोलामा पुल निर्माण सम्पन्न गर्ने ।
– ग्रामीण सडक स्तरोन्नतिः बेलका, चौदन्डीगढी र त्रियुगाका भित्री सडकहरूलाई डि.पि.आर. गरी
बाह्रै महिना चल्ने गरी कालोपत्रे वा स्तरोन्नति गर्ने ।
– पुल निर्माणः त्रियुगा, कङ्, लुहाले
, गिदेरी खोला लगायतका साना–ठूला खोलाहरूमा पुल तथा
अधुरा रहेका पुलहरूको निर्माण तत्काल सम्पन्न गर्ने
।
– बस्ती भएका आवश्यक ठाउँहरुमा झोलुङ्गे पुलको निर्माण गर्ने ।
-उदयपुर क्षेत्र नं. १ को तिनैवटा पालिकाहरु (बेलका, चौदण्डीगढी र त्रियुगा) को रिङरोडको
सम्भाव्यता अध्ययान गरी सडक संजाल विस्तार गर्ने ।
-सगरमाथा एयरपोर्ट, जोगीदहलाई पुर्णता प्रधान गर्ने ।
२. कृषि र सिँचाइ (आर्थिक मेरुदण्ड)
– लिफ्ट सिँचाइ आयोजनाः पहाडी तथा सुख्खा भेगमा सिँचाइको समस्या समाधान गर्न साना र
ठूला लिफ्ट तथा भुमिगत सिँचाइ आयोजनाहरू सञ्चालन गर्ने ।
– पशु तथा कृषि पकेट क्षेत्र ः पशुजन्य उत्पादन र केरा, बेसार, अम्रीसो, अदुवा अकबरे खोर्सानी
दाल जस्ता उत्पादनको हब बनाउन विशेष अनुदान र प्राविधिक सहयोग उपलब्ध गराउने ।
– कोल्ड स्टोर (शीत भण्डार) ः कृषकका उत्पादन बिग्रन नदिन हडिया, सिद्धिपुर र आसपासका
क्षेत्रमा आधुनिक शीत भण्डारको स्थापना गर्ने
।
-उदयपुर क्षेत्र नं. १ को सम्पुर्ण सिचाँइ आवस्यक क्षेत्रहरुको म्एच् तयार गरी बा¥है मास सिचाँइ
संचालन हुने वातावरण श्रृजना गर्न प्रयास गर्ने ।
– उदयपुर क्षेत्र नं. १ को सम्पुर्ण स्वच्छ खानेपानी आवस्यक क्षेत्रहरुको म्एच् तयार गरी बा¥है
मास स्वच्छ खानेपानी संचालन हुने वातावरण श्रृजना गर्न प्रयास गर्ने ।
– खानी,कृषी, पशु र वन ः उद्योग, व्यापार, पर्यटन उदयपुरको धन शिर्षक अन्तरगत उदयपुर क्षेत्र
नं. १ मा भ्ब्त् ९भ्लभचनथ, ब्नचष्अगतिगचभ, त्यगचष्कm० अभियान संचालन गरी पचाँस हजार
भन्दा बढीलाई स्वोरोजगार बनाउन महत्वपुर्ण भुमिका खेल्ने ।
३. पर्यटन प्रवद्र्धन (पहिचान र आम्दानी)
-धार्मिक तथा प्राकृतिक पर्यटनः बेलका, चौदण्डीगढी र त्रियुगाका विभिन्न गाउँठाउँको पर्यटकीय
स्थलको प्रचार प्रसार र पूर्वाधार विकास गर्ने ।
-एैतीहासीक चौदण्डीगढी दरवारको संरक्षण र प्रवर्धन गरी पर्यटकहरुलाई आकर्षक गराउने ।
– होमस्टे (घरबास)ः स्थानीय संस्कृति र खानपानलाई समेटेर ग्रामीण पर्यटन प्रवद्र्धन गर्न होमस्टे
सञ्चालनका लागि युवाहरूलाई तालिम र सहुलियत ऋण दिने ।
४. शिक्षा र स्वास्थ्य (आधारभूत अधिकार)
-गुणस्तरीय शिक्षाः सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार सुधार गर्ने र प्राविधिक शिक्षा
ख्यअबतष्यलब ित्चबष्लष्लन) मा जोड दिने ।
– स्वास्थ्य सेवामा पहुँच ः तिनैवटा पालिकाको
नगर अस्पतालको स्तरोन्नति गरी विशेषज्ञ सेवा थप
गर्ने र ’एम्बुलेन्स सेवा’ र ’ हेल्थ पोष्ट’ लाई साधन–स्रोत सम्पन्न बनाइ सुविधा युक्त सेवा प्रदान
गर्ने ।
-त्रियुगा नगर पालिकाको वगाहा क्षेत्रमा मेडीकल कलेज स्थापना गर्ने ।
-शिक्षक आन्दोलनका जायज मागहरुलाई सम्बोधन गर्दे गुणस्तरीय शिक्षा प्रदान गर्ने वताबरण
बनाउने ।
– प्रत्येक वडालाई पुस्तकालय मैत्री वडा वनाउने ।
५. सुशासन र युवा स्वरोजगार
-भ्रष्टाचार मुक्त प्रशासनः सरकारी सेवालाई प्रविधिमैत्री बनाउँदै ढिलासुस्ती सेवा र भ्रष्टाचारको
अन्त्य गर्ने ।
-युवा उद्यमशीलताः वैदेशिक रोजगारीबाट फर्किएका र स्थानीय युवाहरूलाई लक्षित गरी कृषि,
पशुपालन र साना उद्योगमा बिना धितो वा सहुलियतपूर्ण ऋणको व्यवस्था गरी उद्यमशील
बनाउने ।
६. विपद् व्यवस्थापन र वातावरण
-नदी नियन्त्रणः वर्षायाममा हुने कटान र डुबान समस्या समाधान गर्न त्रियुगा, द्वार, लुहाले,
गिदेरी, लामाखोला, कालीखोला, सेतीखोला, सिवाई खोला, हडिया खोला, घेर खोला, कङ्ग खोला
लगायतका खोलाहरुमा व्यवस्थित तटबन्धन गर्ने । सबैजसो खोला किनारमा सौन्दर्यकरण गर्ने ।
-उदयपुर क्षेत्र नं. १ को सम्पुर्ण खहरे खोलाहरुको डि.पि.आर तया पारी दिर्घकालीन रुपमा
नियण्त्रण प्रकृया अघि बडाउने ।
-वन संरक्षण ःवृक्षरोपण गरी सामुदायिक वनको संरक्षण गर्दै वन पैदावारमा आधारित उद्योगहरु
सँग जोडदै व्यवसायीक उद्यमहरू सञ्चालन गर्ने ।
७. भूमिहिन, सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको हितमा पुर्जा वितरणको प्रकृयामा ढिला सुस्ती भएको बाधा फुकाई तयारी पुर्जा विरण गर्ने वातावरण श्रृजना गर्दै जसको जोत उसैको पोत अनुसारको समस्या समाधानको लागी कानुन निर्माणमा भूमिका निर्वाह गर्ने ।
– सुकुमवासीको पहिचान गरी वासस्थान प्रदान गर्दै यथा सिघ्र लाल पुर्जा प्रदान गर्ने ।
८. उद्योघ गैर सरकारी तथा वितिय संस्था ः उदयपुर क्षेत्र नं. १ को सहकारी संस्थाहरुलाई उत्पादनमा लगानी मैत्री
बनाउने ।
– उदयपुर सिमेट उद्योग कारखानालाई नयाँ र बैज्ञानीक ढंगले व्यवस्थीत गरी संचालन गर्ने ।
– गैर सरकारी संघ संस्थाहरुलाई सामाजिक रुपमा जिम्मेवार बनाउने ।
– साना तथा घरेलु उद्योग स्थापना, संचालन तथा बजारीकरणको बातावरण श्रृजना गरी
आर्थीक रुपमा स्तर उन्नती गराउने ।
९ युवा तथा खेलकुद: एक पालिका एक रंगशाला निर्माण गर्दै आवश्यकता अनुसार खेलमैदान निर्माण गर्ने ।
अन्त्यमा अव युवाहरुले जेनजी आन्दाेलनकाे क्रममा उठाएका मुद्धाहरु र नवयुवाहरुकाे भावना अनुसार संविधान संशाेधन गरी कानुन बनाउने कुराेमा लागि पर्ने छू ।
मेरो प्रतिबद्धता ः म केबल आश्वासन मात्र होइन, काम र नतिजामा विश्वास गर्दछु। तपाईँको एउटा
मत, उदयपुर क्षेत्र नं. १ को उज्ज्वल भविष्यको लागि हुनेछ ।
आसा छ ताराछापमा
मतदान गरी अत्यधिक बहुमतले विजयी गराउनु हुनेछ ।
तपाईंको सेवक, बलदेव चौधरी
उमेद्वार, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १, उदयपुर
सम्पर्कः ९८५११५२६७५
“उदयपुरे जनताको सुख बैज्ञानीक विकास र आथीृक समृद्धि, मेरो प्रतिबद्धता”














Comments are closed