प्युठान । नेपाली कम्युनिस्ट पार्टी, प्युठानको मल्लरानी गाउँपालिका कमिटीको बैठक आज २०८२ साल फागुन १२ गते पालिका कमिटीका सह-संयोजक धनबहादुर राहू मगरको अध्यक्षतामा सम्पन्न भएको छ।
बैठकले आसन्न निर्वाचनको सन्दर्भमा विस्तृत छलफल गर्दै तारा चुनाव चिन्हका उम्मेदवार कृष्णध्वज खड्कालाई विजयी गराउन सम्पूर्ण पार्टी पंक्ति एकताबद्ध भएर सक्रिय रूपमा चुनाव प्रचार–प्रसारमा परिचालन हुने निर्णय गरेको छ।
बैठकले निर्वाचनलाई केन्द्रमा राख्दै संगठन सुदृढीकरण, घरदैलो अभियान तीव्र बनाउने, मतदाता भेटघाट कार्यक्रम सञ्चालन गर्ने तथा युवा, महिला र जनवर्गीय संगठनहरूलाई प्रभावकारी रूपमा परिचालन गर्ने रणनीति तय गरेको जनाएको छ।
यसैगरी, बैठकले धनबहादुर राहू मगरको संयोजकत्वमा १९ सदस्यीय मल्लरानी गाउँपालिका चुनाव प्रचार–प्रसार कमिटी गठन गरेको छ। नवगठित कमिटीले पालिकाभर चुनावी गतिविधि समन्वय, व्यवस्थापन र प्रचार अभियानलाई तीव्रता दिने निर्णय भएको जानकारी दिइएको छ।
पार्टीले आसन्न निर्वाचनलाई जनताको पक्षमा परिवर्तन र विकासको अवसरका रूपमा लिँदै संगठित, अनुशासित र प्रभावकारी ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।














Comments are closed