Shopping cart

  • Home
  • समाज
  • तारकेश्वरमा सार्वजनिक खरिदसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न
अर्थ

तारकेश्वरमा सार्वजनिक खरिदसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

Email :45

काठमाडौं । तारकेश्वर नगरपालिकामा जनप्रतिनिधि तथा कर्मचारीहरूका लागि सार्वजनिक खरिदसम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

आइतबार, २०८३ साउन ३१ गते नगरपालिकामा आयोजित कार्यक्रम नगर प्रमुख कृष्णहरि महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले गर्नुभएको थियो।

कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. २ का वडा अध्यक्ष राधाकृष्ण खड्का, वडा नं. १ का वडा अध्यक्ष विदुर सापकोटा, वडा नं. ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठ, विभिन्न शाखाका प्रमुख, वडा सचिव, कर्मचारी तथा नगर प्रहरीको सहभागिता रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा भौतिक पूर्वाधार मन्त्रालयका सहसचिव कृष्णराज पन्तले प्रशिक्षण प्रदान गर्नुभएको थियो। प्रशिक्षणका क्रममा सार्वजनिक खरिदसम्बन्धी कार्यसम्पादन गर्दा अपनाउनुपर्ने कानुनी तथा व्यावहारिक प्रक्रिया, खरिद कार्यमा ध्यान दिनुपर्ने महत्वपूर्ण विषय, कार्यान्वयनका क्रममा देखापर्न सक्ने समस्या तथा तिनको समाधानका उपायबारे विस्तृत जानकारी दिइएको थियो।

स्थानीय तहबाट हुने सार्वजनिक खरिद प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी र कानुनसम्मत बनाउन जनप्रतिनिधि तथा कर्मचारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नगरपालिकाले जनाएको छ।

कार्यक्रमको सहजीकरण योजना शाखा प्रमुख वरिष्ठ अधिकृत शोभा श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन योजना शाखाका अधिकृत इन्दिश्वरी न्यौपानेले गर्नुभएको थियो।

सार्वजनिक खरिदका क्षेत्रमा देखिने प्रक्रियागत जटिलता, कानुनी प्रावधानको कार्यान्वयन तथा सार्वजनिक स्रोतको प्रभावकारी उपयोगबारे सहभागीलाई व्यावहारिक जानकारी प्रदान गरिएको नगरपालिकाले जनाएको छ।

Comments are closed

Related Post