Shopping cart

  • Home
  • राजनिती
  • तरहरादेखि झुम्कासम्म ‘तारा’को शक्ति प्रदर्शन
देश

तरहरादेखि झुम्कासम्म ‘तारा’को शक्ति प्रदर्शन

Email :77

इटहरी । चुनाव प्रचारप्रसारको अन्तिम दिन सुनसरी क्षेत्र नं. २ मा उत्साह र ऊर्जा भरिएको माहोल देखियो । रामकुमारी चौधरीको समर्थनमा नेपाली कम्युनिष्ट पार्टीले तरहरादेखि इटहरीको कान्छीचोक हुँदै झुम्कासम्म विशाल मोटरसाइकल र्याली आयोजना गर्यो । ‘तारा’ अंकित झण्डा फहराउँदै अघि बढेको र्यालीमा समर्थकहरूको उल्लेख्य सहभागिता थियो ।

झुम्कामा आयोजित कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार चौधरीले पार्टीको चुनाव चिन्ह ‘तारा’मा मतदान गरी आफूलाई विजयी गराउन मतदातासमक्ष आग्रह गरिन् । उनले सुनसरी–२ को समग्र विकासका लागि स्पष्ट योजना र दृढ प्रतिबद्धता प्रस्तुत गर्दै भौतिक पूर्वाधार विस्तार, गुणस्तरीय तथा अनिवार्य शिक्षा सुनिश्चित गर्ने र स्वास्थ्य सेवामा जनविश्वास पुनःस्थापित गर्ने आफ्नो प्राथमिकता रहेको बताइन् ।

कृषि र रोजगारी सृजनालाई केन्द्रमा राख्दै उनले ‘दुवही होइन, देवानगन्ज’ भन्ने नारासहित सुनसरी–२ लाई कृषि उत्पादनको अग्रणी केन्द्रका रूपमा विकास गर्ने योजना अघि सारेकी छन् । कृषि आधारित उद्योग स्थापना, उत्पादित वस्तुको प्रभावकारी बजारीकरण, पशु, बाली तथा फलफूल बीमा व्यवस्था र राज्यको लगानी सुनिश्चित गर्ने प्रतिबद्धता उनले दोहोर्याइन् ।

त्यसैगरी भूमिहीन र श्रमिक वर्गका अधिकार सुनिश्चित गर्ने, पर्यटन तथा खेलकुद क्षेत्रको विकासलाई तीव्रता दिने र धर्म–संस्कृतिको संरक्षणमा विशेष पहल गर्ने उनले उल्लेख गरिन् । विशेषगरी थारु समुदायको धर्म, संस्कार र संस्कृतिको संरक्षण–प्रवद्र्धन, मठ–मन्दिरको सुव्यवस्थित व्यवस्थापन, ज्येष्ठ नागरिकका लागि विश्रामस्थल निर्माण तथा सबै धार्मिक समुदायका पर्व–संस्कारलाई सम्मानजनक ढंगले व्यवस्थित गर्ने प्रतिबद्धता उनले व्यक्त गरिन् ।

कोणसभालाई पार्टीका नेता गोविन्द निरौला र बलराम चौलागाईंलगायतले पनि सम्बोधन गर्दै उम्मेदवारको पक्षमा मत मागेका थिए ।

Comments are closed

Related Post