Shopping cart

  • Home
  • राजनिती
  • तनहुँ–१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित निर्वाचित
देश

तनहुँ–१ मा रास्वपाका डा. स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित निर्वाचित

Email :26

काठमाडौं । तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का स्वर्णिम वाग्ले भारी मतान्तरसहित निर्वाचित भएका छन् । यद्यपि, औपचारिक घोषणा हुन भने बाँकी छ ।

कुल ३८ हजार ४० मत पाएका उनले २१ हजार ८०९ को मतान्तरसहित दोस्रोपटक संसदीय यात्रा तय गरेका हुन्  ।

उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले १६ हजार २३१ र एमालेकी भगवती न्यौपानेले ५ हजार ८३० मत पाए ।

०८० को उपनिर्वचनमा स्वर्णिम १४ हजार ७९७ मतान्तरसहित निर्वाचित भएका थिए । त्यतिबेला उनले ३४ हजार ९१९ मत पाएका थिए । ६३ हजार ७५७ मत खस्दा कांग्रेसका गोविन्द भट्टराईले २० हजार १२२ मत पाएका थिए । नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ४८८ मत पाएका थिए ।

Comments are closed

Related Post