हेटौँडा । हेटौँडा काठमाडौँ वैकल्पिक राजमार्ग अन्तर्गत मकवानपुरको भीमफेदीको जुरीखेतमा भएको टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
आइतबार साँझ भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटनाग्रस्त भएको ना१ज १७७८ नम्बरको टाटा सुमोमा सवार ६ जनाको मृत्यु भएको हो ।
हेटौँडा अस्पतालमा मृत्यु घोषणा गरीएका
१. भारत, बिहार राज्य, पटना बस्ने ४२ वर्षीय रजनिश कुमार
२. मकवानपुर, हेटौँडा–४ कमलडाँडाकी ४० वर्षीया सबिता लम्साल ।
३. हेटौडा–२, कान्तिराजपथ बस्ने २९ वर्षीय निखिल अग्रवाल ।
४. भारत, बिहार राज्य बेगुसराईका ५० वर्षीय अरबिन्द कुमार ।
५. नाम थर वतन नखुलेको ३६ वर्षीय पुरुष ।
६. नाम थर वतन नखुलेको, ४० वर्षीय पुरुष ।
हेटौँडाबाट चितवन रिफर
सुमो चालक, मकवानपुर, हेटौँडा–४ कर्रा चोक बस्ने ४५ वर्षका गणेश थापा, शरीरको बिभिन्न भागमा चोट, अवस्था गम्भीर भएपछि आइतबार राति नै पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको छ ।
हेटौँडा–४ कमलडाँडा बस्ने सबिता लम्सालकी १२ वर्षीया छोरा अभ्यास लम्सालको अवस्था गम्भीर ।भएपछि पुरानो मेडिकल कलेज भरतपुर चितवनमा रिफर गरिएको छ ।
रौतहट, चन्द्रपुर–२ की २१ वर्षीया रिचा चौधरी टाउको शरीरको बिभिन्न भागमा चोट अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।














Comments are closed