Shopping cart

अन्तर्राष्ट्रिय

टर्कीको इस्तानबुलबाट आएको विमानको टायरमा आगलागी

Email :71

काठमाडौं । टर्कीको इस्तानबुलबाट आएको टिके७२६ नम्बरको टर्किस एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सोमबार बिहान आगो लागेको थियो ।

आगो देखिएपछि अहिले अन्तर्राष्ट्रिय र आन्तरिक उडान र अवतरण रोकिएको छ । विमानस्थल कार्यालयका अनुसार दिल्लीबाट आएको एयर इन्डिया र सारजहाबाट आएको एयर अरेबिया आकाशमै होल्ड भए भने हिमालय एयरलायन्सको ल्हासा उडान डिले भएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल डेढ घण्टापछि सञ्चालनमा आएको छ ।

Comments are closed

Related Post