Shopping cart

  • Home
  • समाज
  • झापा २ बिर्तामोडलाई शिक्षा, व्यापार र स्वास्थ्यको क्षेत्रमा क्षेत्रिय हब बनाउने धर्मशिलाको घोषणा
मुख्य समाचार

झापा २ बिर्तामोडलाई शिक्षा, व्यापार र स्वास्थ्यको क्षेत्रमा क्षेत्रिय हब बनाउने धर्मशिलाको घोषणा

Email :122

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी झापा क्षेत्र नं. २ कि उम्मेदवार धर्मशिला चापागाँईले बिर्तामोडलाई शिक्षा, व्यापार र स्वास्थ्यलाई क्षेत्रिय हबको रुपमा विकास गर्ने योजना अघि सारेकी छन् । उनले आफ्नो चुनावी प्रतिबद्धता सहित सबै मतदाताको घरघरमा मलाई मतदान किन भन्ने पर्चा पठाएकी छन् ।

 

 

 

 

 

चुनावी प्रतिबद्धता मार्फत् उक्त योजना अघि सारेकी हुन् । उनले गुणस्तरीय सामुदायिक विद्यालय, प्राविधिक शिक्षालय, क्याम्पस तथा अनुसन्धान केन्द्र स्थापना गर्ने तथा सरकारी क्याम्पस र विद्यालयको शैक्षिक गुणस्तर उकास्न बजेट छुट्याइने प्रतिबद्धता समेत व्यक्त गरेकी छन् ।

चापागाँईले गाउँ–गाउँमा आधारभुत स्वास्थ्य सेवाको बिस्तार गर्ने, शनिश्चरे, बिर्तामोड, बिर्ताबजार, बुधबारे, गरामनी, खुदुनाबारी, चारपाने लगायतका बजारलाई स्तरोन्नति गरी कृषि उपज लगायतका लागि भरपर्दो केन्द्र बनाउने प्रतिबद्धता गरेकी छन् ।

त्यसैगरी, अर्जुनधारालाई उत्कृष्ट धार्मिक पर्यटनको केन्द्र बनाउने, चारपाने दक्षिण बेल्ट क्षेत्रमा औद्योगिक करिडोर विकास गर्ने र परिवारबाट बहिष्कृत महिला, बालबालिका, जेष्ठ नागरिक तथा पुरुषहरुका लागि उपयुक्त स्थानमा पुनस्र्थापना केन्द्र स्थापना गर्ने पनि उनको प्रतिबद्धता छ । उनले प्रत्येक वडामा एउटा सार्वजनिक पुस्तकालय स्थापना गर्ने बताएकी छन् ।

Comments are closed

Related Post