Shopping cart

  • Home
  • राजनिती
  • झापामा नेकपाको संगठन सुदृढीकरण अभियान , साउन २ को जिल्ला एकता भेलालाई भव्य बनाउने तयारी
देश

झापामा नेकपाको संगठन सुदृढीकरण अभियान , साउन २ को जिल्ला एकता भेलालाई भव्य बनाउने तयारी

Email :217

झापा। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापा जिल्ला समितिले सञ्चालन गरेको तीनदिने संगठन सुदृढीकरण तथा अन्तरपार्टी निर्देशन अभियान उत्साहपूर्ण रूपमा सम्पन्न गरेको छ।

आगामी साउन २ गते बिर्तामोडमा आयोजना हुने जिल्ला एकता भेला, प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रमलाई सफल बनाउन जिल्लाका १५ वटै पालिकामा अभियान सञ्चालन गरिएको हो।

नेकपाका केन्द्रीय कमिटी सदस्य तथा झापा जिल्ला कमिटीका सहइन्चार्ज बासु दुलालका अनुसार अभियान अन्तर्गत संघीय निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्र तथा पालिका तहका जिम्मेवार नेता–कार्यकर्तासँग प्रत्यक्ष भेटघाट, अन्तरक्रिया, संगठन निर्माण सम्बन्धी छलफल तथा अन्तरपार्टी निर्देशन (अपानी) हस्तान्तरण गरिएको थियो।

अभियानको पहिलो दिन जिल्ला पार्टीको निर्णय र आन्तरिक निर्देशनसहित फिल्ड केन्द्रित कार्यक्रम सञ्चालन गरिएको थियो। सो क्रममा निर्वाचन क्षेत्र नम्बर ५ को इन्चार्जको जिम्मेवारी प्राप्त गरेका सन्तोष गौतमलाई बधाई तथा शुभकामना व्यक्त गरिएको थियो।


दोस्रो दिन बिर्तामोड नगरपालिका, अर्जुनधारा नगरपालिका, बुद्धशान्ति गाउँपालिका तथा मेचीनगर नगरपालिका क्षेत्रका जिम्मेवार नेताहरूसँग संगठन निर्माण, जनसम्बन्ध विस्तार तथा आगामी जिल्ला एकता भेलालाई प्रभावकारी बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो। बिर्तामोड नगर समितिका संयोजक जेबी जबेगू, इन्चार्ज मोहन सुब्बा, निर्वाचन क्षेत्र नम्बर २ का इन्चार्ज जितेश योञ्जन, सहइन्चार्ज डा। मुरलीप्रसाद साह, संयोजक कुमार आचार्य, सहसंयोजक सरस्वती लिम्बु लगायतका नेताहरूको सहभागिता रहेको थियो।

त्यसैगरी अर्जुनधारा, बुद्धशान्ति, मेचीनगर तथा निर्वाचन क्षेत्र नम्बर १ का विभिन्न जिम्मेवार नेताहरूसँग पनि पार्टी निर्माण र संगठन विस्तारका विषयमा महत्वपूर्ण छलफल भएको दुलालले जानकारी दिए।

अभियानको अन्तिम दिन निर्वाचन क्षेत्र नम्बर ३ र ४ अन्तर्गतका विभिन्न पालिका तथा प्रदेश तहका जिम्मेवार नेताहरूसँग अन्तरक्रिया सम्पन्न गरिएको थियो। निर्वाचन क्षेत्र नम्बर ३ का इन्चार्ज राम पोखरेल, सहइन्चार्जहरू नरेश सन्जेल, पुकार राजवंशी, मेदनीप्रसाद शिवाकोटी, संयोजक शुकलाल राजवंशी, भद्रपुर नगर समितिका संयोजक हंसराज राजवंशी, इन्चार्ज पदम लिम्बु लगायतका नेताहरू कार्यक्रममा सहभागी भएका थिए।

कचनकवल, बारदशी, हल्दीबारी तथा झापा गाउँपालिका समितिका संयोजक, इन्चार्ज र सहइन्चार्जहरूसँग समेत संगठनात्मक अन्तरक्रिया गर्दै जिल्ला पार्टीको अन्तरपार्टी निर्देशिका हस्तान्तरण गरिएको थियो। निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गतका प्रदेश तहका नेताहरूको समेत उल्लेख्य उपस्थिति रहेको जनाइएको छ।
अभियानको समीक्षा गर्दै सहइन्चार्ज दुलालले पार्टीलाई केवल संख्यात्मक रूपमा ठूलो बनाउने भन्दा गुणात्मक रूपमा जनविश्वास जित्ने संगठनका रूपमा विकास गर्नु आवश्यक रहेको बताए। विगतका कमजोरीबाट शिक्षा लिँदै व्यवहार, कार्यशैली, जीवनशैली र जनशैलीमा रूपान्तरण ल्याएर जनतासँग नजिकिने लक्ष्यका साथ अभियान सञ्चालन गरिएको उनको भनाइ छ।


“पार्टी कत्रो बनाउने भन्दा पनि पार्टी कस्तो बनाउने भन्ने कुरा महत्वपूर्ण हो। विगतका नकारात्मक नजिरले जनतामा शंका उत्पन्न गरेको हुन सक्छ, त्यसलाई हामी कामबाटै चिर्न चाहन्छौं। झापाको क्रान्तिकारी आन्दोलन र विरासतलाई जोगाउँदै जनताको विश्वासिलो र प्रिय पार्टी निर्माण गर्ने हाम्रो संकल्प छ,” दुलालले बताए।
उनले अभियान सफल बनाउन निरन्तर सक्रिय रहेका जिल्ला संयोजक पवन तिम्सिना, सहसंयोजक बीपी भट्टराई, प्रदेश कमिटी सचिवालय सदस्य डा। मुरली प्रसाद शाह, प्रदेश कमिटी सदस्य कुमार आचार्य लगायत सम्पूर्ण नेता कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्।
नेकपाले साउन २ गते बिर्तामोडमा आयोजना गर्ने जिल्ला एकता भेला, प्रशिक्षण तथा सपथ ग्रहण कार्यक्रमलाई झापाको कम्युनिस्ट आन्दोलनलाई नयाँ ऊर्जा दिने महत्वपूर्ण राजनीतिक कार्यक्रमका रूपमा लिएको जनाईको छ।

नेकपाले झापा जिल्लामा कार्य विभाजन गरेको छ । नेकपाले झापामा संघीय निर्वाचन क्षेत्र प्रदेश निर्वाचन क्षेत्र र पालिका समितिको कार्य विभाजन गरी जिम्मेवारी तोकेको हो ।

नेकपाको गत असार २२ गते पार्टीको झापा जिल्ला कार्यालयको बैठकबाट  यहि जिल्ला ईन्चार्ज पुष्प पोखरेलको प्रमुख आतिथ्य तथा सह–इन्चार्जहरुको उपस्थितिमा जिल्ला संयोजक खड्ग तिम्सिना (पवन) को अध्यक्षतामा जिल्ला कार्यालयको बैठक बसी विभिन्न विषयहरुमा छलफलसँगै कार्य विभाजन तोकेको छ ।

वैठकले कार्य विभाजन अन्तरगत भौगोलिक कार्य विभाजन मात्र गरेको बताइएको छ । छलफलबाट पार्टी एकताको भावना, मर्म र स्प्रिटलाई आत्मासात गर्दै १५ वटा पालिका, १० वटा प्रदेश निर्वाचन क्षेत्र र ५ वटा संघीय निर्वाचन क्षेत्र अनुसार कार्य विभाजन गरिएको छ ।

 

Comments are closed

Related Post