Shopping cart

  • Home
  • समाज
  • झाँक्रीको पोस्टले सिर्जना गरेको भ्रमप्रति मनिषाको कडा आपत्ति, सामाजिक संजालबाट सिर्जित भ्रम निन्दनीय
देश

झाँक्रीको पोस्टले सिर्जना गरेको भ्रमप्रति मनिषाको कडा आपत्ति, सामाजिक संजालबाट सिर्जित भ्रम निन्दनीय

Email :299

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका कार्यकर्ता मनिषा अधिकारीले पूर्वमन्त्री तथा एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीको फेसबुक पोस्टका कारण सामाजिक सञ्जालमा फैलिएको भ्रमप्रति कडा आपत्ति जनाएकी छन् । उनले सामाजिक संजालमा लेखेकी छन् ‘झाँक्रीको पोस्टबाट सिर्जित भ्रम निन्दनीय’छ भन्दै आफू पार्टी नछाडेको स्पष्ट पारेकी छन्।

 

शनिबार झाँक्रीले सामाजिक सञ्जालमा नयाँ पार्टीमा युवाहरू प्रवेश गरेको दाबीसमेत रहने पोस्ट सार्वजनिक गरेपछि विभिन्न टिप्पणी र अनुमान फैलिएको थियो। सोही सन्दर्भमा मनिषाले सार्वजनिक अभिव्यक्ति दिँदै झाँक्रीको पोस्ट “नितान्त भ्रम फैलाउने खालको” भएको भन्दै असन्तुष्टि जनाएकी हुन्।

मंसिर ५ गते दिनभर बागमती प्रदेश, सम्पर्क समन्वय समिति तथा उपत्यका विशेष प्रदेश समितिद्वारा आयोजित नेपाली कम्युनिस्ट पार्टीको बृहत् सन्देशसभामा सुरुदेखि अन्त्यसम्म सहभागी अधिकारी कार्यक्रमपछि साथी तुलशी थापा मगरको जन्मदिनको व्यक्तिगत भेटघाट कार्यक्रममा सहभागिता जनाइरहँदा त्यही अवसरमा पुगेकी झाँक्री सँगको त्यो भेटघाटलाई राजनीतिक रंग दिएको गलत प्रवृत्तिप्रति आपत्ति जनाएकी हुन् ।

“यो भेटघाट पूर्ण रूपमा व्यक्तिगत थियो, त्यहाँ कुनै राजनीतिक विषय थिएन,” मनिषाले स्पष्ट जनाएकी छन्। उनले सामाजिक सञ्जालमा फैलाइएका हल्ला निराधार रहेको भन्दै आफू नेपाली कम्युनिस्ट पार्टी छाडेको नभएको, न पार्टी परिवर्तन गर्ने मनसाय रहेको बताइन्।
“म राजनीतिक रूपमा अपरिपक्व छैन। म निरन्तर संघर्षको मैदानमा छु र पार्टी संगठनमै रहेर संघर्ष गर्दै जान्छु,” उनले भननकी छन् ।

झाँक्रीको पोस्टका कारण उत्पन्न भ्रम निन्दनीय भएको बताउँदै मनिषाले नकारात्मक प्रचारविरुद्ध सकारात्मक सोच र संघर्षलाई निरन्तरता दिने दृढता व्यक्त गरेकी छन्। उनले “नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद, लाल सलाम” भन्दै आफ्नो राजनीतिक प्रतिबद्धता दोहोर्याएकी छन्।

Comments are closed

Related Post