Shopping cart

  • Home
  • राजनिती
  • झण्डै दुई तिहाइको विशाल बहुमतलाई ‘अहंकारको मलखाद’ बन्न नदिन प्रचण्डको सुझाव (पूर्ण पाठ)
देश

झण्डै दुई तिहाइको विशाल बहुमतलाई ‘अहंकारको मलखाद’ बन्न नदिन प्रचण्डको सुझाव (पूर्ण पाठ)

Email :111

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवमं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान नयाँ संसदलाई समावेशी सहीदहरूको बलिदानको उपज भएको बताउनुभएको छ ।

प्रतिनिधिसभा बैठकमा आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौं सहीदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिंग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौं, आन्दोलन ग¥यौं।”

उहाँले भावुक हुँदै थप्नुभयो, “यो भवनको जगमा त्यही शहादत छ। यसका हरेक भित्ता बलिदानले रंगिएका छन्। म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका सहीद, वेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।”

‘प्रचण्ड’ ले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्राप्त जनमतको कदर गर्दै अहंकार नत्यागे इतिहास दोहोरिने चेतावनी दिनुभयो ।

झण्डै दुई तिहाइको विशाल बहुमतलाई ‘अहंकारको मलखाद’ बन्न नदिन सुझाव दिनुभयो ।

सम्बोधनका क्रममा प्रचण्डले , ‘हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ। सङ्ख्या कहिल्यै स्थायी हुँदैन, न त जनताको समर्थन निःशर्त हुन्छ। हिजो नेकपाको रूपमा हामी पनि यही साइजमा थियौँ, तर हाम्रै कमजोरीका कारण त्यो टिकेन। हाम्रो अनुभव र इतिहासबाट सिक्नोस्, यो बहुमतलाई अहंकारको मलखाद बन्न नदिनुहोस्।’

सरकारले सुकुम्वासी बस्तीमा डोजर चलाएकोप्रति आपत्ति जनाए। सरकारको नीति तथा कार्यक्रममा मधेस, कर्णालीलाई नछोएको भन्दै सोच्न आग्रह गर्नुभयो ।

(पूर्णपाठ)

Comments are closed

Related Post