Shopping cart

  • Home
  • समाज
  • जेन-जी आक्रोश अब दलका कार्यकर्ता तिर- थाले ‘एक्सपोज झोले’ अभियान
अन्तर्राष्ट्रिय

जेन-जी आक्रोश अब दलका कार्यकर्ता तिर- थाले ‘एक्सपोज झोले’ अभियान

Email :141

काठमाडौं । ‘नेपो बेबी’ ट्रेन्डको जगमा उठेको जेन-जी आन्दोलनले राजनीतिको केन्द्र हल्लाएको केही हप्ता नबित्दै युवाहरूको आक्रोशको निशाना अब दलका कार्यकर्ता तिर सोझिएको छ।

 

फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा ‘#exposejholey’ (झोलेलाई उदाङ्गो पारौं) ह्यासट्यागसहितको एक नयाँ ट्रेन्ड फैलिएको छ।

 

यस अभियान केवल नेताहरूप्रतिको व्यङ्ग्यमा मात्र सीमित छैन, नेताहरूको वरिपरि रहने, उनीहरूको हरेक कदमको अन्धो समर्थन गर्ने र पार्टीको झण्डा बोकेर जुलुस धाउने कार्यकर्ताहरु प्रति लक्षित छ।

 

इन्डोनेसियाबाट सुरु भएको ‘नेपो बेबी’ अभियानले जब नेपालमा पाइला टेक्यो, त्यति बेला धेरैले यसलाई सामान्य सामाजिक सञ्जालको ट्रेन्ड मात्र ठाने । तर, सामाजिक सञ्जालको एउटा ट्रेन्डले झन्डै दुई–तिहाइ बहुमतको शक्तिशाली सरकार ढाल्छ भन्ने कसैले सोचेका पनि थिएनन् ।

‘नेपो बेबी’ अभियानमा युवाहरूले नेताका छोराछोरीहरूको विदेशी शिक्षा, महँगा गाडी, ब्रान्डेड कपडा, भव्य पार्टी र विदेश भ्रमणका तस्बिरहरू संकलन गरेर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै प्रश्न उठाएका थिए । तर, यो अभियान केवल सामाजिक सञ्जालमै सीमित रहेन । सामाजिक सञ्जालमा सुरु भएको आक्रोश जब सडकमा पोखियो, त्यसले झन्डै झन्डै दुई तिहाइ बहुमतसहितको शक्तिशाली प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै ढाल्यो ।

 

जेन-जी आन्दोलनपछि केही समय रक्षात्मक देखिएका पुराना दलका नेताहरू पुनः कार्यकर्ता भेला र सार्वजनिक कार्यक्रममा फर्किन थालेपछि युवाहरूले यसलाई पुरानै प्रवृत्तिको पुनरावृत्ति भन्दै कार्यकर्ता तहलाई नै निरुत्साहित पार्ने अभियान थालेका हुन्।

 

विशेषगरी, पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुण्डुमा गरेको कार्यकर्ता भेटघाटका तस्बिर र भिडियोहरू यो ट्रेन्डको मुख्य स्रोत बनेका छन्।

 

टिकटक प्रयोगकर्ताहरूले नेतासँग सेल्फी खिचाउन तँछाडमछाड गर्ने कार्यकर्ताका क्लिपहरूलाई व्यङ्ग्यात्मक गीत र क्याप्सनहरू प्रयोग गरेर भाइरल बनाइरहेका छन्।

 

यो ट्रेन्ड चलाउने युवाहरूको तर्क छ- राजनीतिक दलभित्रको गलत संस्कृति र भ्रष्टाचारको जग यिनै ‘झोले’ कार्यकर्ता हुन्। उनीहरु नेतालाई प्रश्न गर्नुको साटो देवत्वकरण गर्छन्।

 

अभियानको शैली आक्रामक र प्रत्यक्ष छ। कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र विशेषगरी एमाले नेता महेश बस्नेतका वरिपरि देखिने कार्यकर्ताहरूलाई निशाना बनाइएको छ।

 

उनीहरूले आफ्ना अभिभावकहरू समेत यस्ता गतिविधिमा संलग्न भए एक्सपोज हुने चेतावनी दिँदै पुराना दलको झण्डा बोकेर हिँड्नुले नयाँ पुस्ताको भविष्य बर्बाद हुने तर्क गरेका छन्।

 

राजनीतिक दलका नेता तथा कार्यकर्ताको मति र गति दुवै सुध्रने नदेखिएपछि जेनजी पुस्ताले फेरि ‘एक्सपोज झोले’ अभियान सुरु गरेको छ । यो अभियानले विशेषगरी राजनीतिक दलका शीर्ष नेताहरूका नजिकका कार्यकर्ता, छोराछोरी र अवसरवादी व्यक्तिहरूलाई निशाना बनाएको छ । टिकटकमा ह्यासट्याग एक्सपोज झोलेसहितका भिडियो र तस्बिरहरूमा नेताहरूसँग फोटो खिचाउने कार्यकर्ताहरूलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको छ । यी भिडियो र तस्बिरहरूमा ‘मनी, मनी, मनी…’ जस्ता गीत र व्यङ्ग्यात्मक क्याप्सन प्रयोग गरिएको छ ।

 

यो अभियानले पुराना दलहरूको नेतृत्व र तिनका कार्यकर्ताहरूको अवसरवादी प्रवृत्तिमाथि प्रश्न उठाएको छ । जेनजी पुस्ताको ठूलो आन्दोलन र बलिदानका बाबजुद पनि नेता तथा कार्यकर्ताले सुध्रिने कुनै संकेत देखाएका छैनन् । पुराना दलका कार्यकर्ताहरूले ‘झोले हुनुमा गर्व छ’ भन्दै सामाजिक सञ्जालमा फोटो तथा भिडियो पोस्ट गरिरहेका छन् । नेकपा एमालेले त केही समयअघि ‘म झोले हो’ अभियानै चलाएको थियो । यदि त्यही पुराना पार्टीका त्यही बुढा नेताहरू फेरि राजनीतिमा आए भने नयाँ पुस्ताले फेरि दुःख पाउने भन्दै उनीहरूले झोले एक्स्पोज अभियान चलाइरहेका छन् । जेनजी आन्दोलनको मुख्य मागमध्ये नेतृत्वमा पुस्तान्तरण पनि एक थियो ।

 

’जेनजी आन्दोलन’पछि केही दलहरूले नेतृत्व हस्तान्तरणको कुरा उठे पनि हालसम्म त्यसले कुनै ठोस रूप लिन सकेको छैन ।

Comments are closed

Related Post