Shopping cart

  • Home
  • समाज
  • ‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न
मुख्य समाचार

‘जिब्रो छेड्ने जात्रा’ सम्पन्न

Email :4

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिको बोडेमा हरेक वर्ष वैशाख २ गते मनाइने ‘जिब्रो छेड्ने जात्रा’ आज मनाइएको छ । विश्व प्रसिद्ध बिस्केट जात्रा (बिस्काः) अन्तर्गत ‘जिब्रो छेड्ने जात्रा’ मा यस वर्ष २९ वर्षीय सुजन बाग श्रेष्ठले चौथो पटक जिब्रो छेड्नुभएको छ ।

नाइकेहरूले विभिन्न देवगणको पूजा गरेपछि तेलमा डुबाइराखेको १० ईन्च लामो सुइरोले पाँचो गणेशको प्राङ्गणमा रहेको पाटीस्थीत मञ्चमा सुजन बागको जिब्रो छेडिएको हो ।

किंवदन्तीअनुसार प्राचीनकालमा बोडेमा नीलबाराहीको दायाँबायाँ बस्ने भुतप्रेत, पिशाच, ख्याक तथा कङ्कालले बोडेका मानिसलाई धेरै दुःख दिने गर्थे । यो थाहा पाई तान्त्रिक भीमदत्त त्यहाँ आएर तान्त्रिक विद्याअनुसार बोडेभरि पासो राखेर दुःख दिने पिशाचलाई समातेर उसको जिब्रो छेडी बलेको महाद्वीप बोकाएर बोडे घुमाएपछि यो जात्राको परम्परा चलेको किम्वदन्ती रहेको छ ।

Comments are closed

Related Post