काठमाडौँ । प्रतिनिधिसभा सदय निर्वाचनका लागि अनेकन खालका घोषणापत्र सार्वजनिक भएका छन् । कोही व्यवहारिक खालका छन् भने कुनै स्वरै कल्पना भरिएका छन् । मुख्य पक्ष विचार, राजनीति र देश अनि जनतालाई केन्द्रमा राखेर सार्वजनिक भएका घोषणापत्र भने सिमित छन् ।
विशेष गरी नेपाली कम्युनिस्ट पार्टीले पछिल्ला दिनमा देखा परेको विराट समस्याको बारेमा प्रतिवद्धतापत्रमा महत्वका साथ समावेश गरेको विषय हो, जलवायु परिवर्तन । जलवायु परिवर्तनका कारण वातावरणमा देखा परेको समस्या दिन दुई गुणा रात चार गुणाका दरमा बढीरहेको छ । हिमालमा हिउँ छैन । अत्याधिक बर्षा, न्यून बर्षा अनि बेसौसमा पर्ने पानीका कारण हरेक बर्ष नेपालले ठूलो समस्या र जटिलता भोग्दै आएको छ । समस्या यति धेरै विकराल भइसकेको छ कि आगामी केही बर्षभित्रै हामीले अझै ठूलो समस्या झेल्नुपर्नेछ ।
ग्रामीण बस्तीमा पानीको मुहान सुक्दै गएको छ । पिउने पानीको खोजीमा मानिस भौतारिनुपर्ने अवस्था छ । स्वच्छ पिउने पानी संविधान प्रदत्त मौलिक हक भित्र पर्ने भएपनि स्रोतको अभावमा आम नागरिकले भोग्नु परेको हैरानी भनी साध्ये छैन । ठूला र आफूलाई पूँजीवादी देशले थोपरेको समस्या र जलवायुजन्य फोहोरका कारण नेपाल जस्ता देशले ठूलो समस्या र परेसानी सहनु परेको छ । अति वृष्टि, अनावृष्टि, मौसमी चक्रमा आएको परिवर्तन तथा हिमाली क्षेत्रमा लामखुट्टेको प्रकोप आदि इत्यादि ।
नेपाली कम्युनिस्ट पार्टीले जैविक विविधतामा आधारित प्रागरिक, वातावरणमैत्री, र जलवायु अनुकूल कृषि प्रणालीलाई प्राथमिकतामा राखेको छ । उत्पादन बृद्धिसहित देशलाई प्रागरिक मुलुक घोषणा गर्ने नेकपाको संकल्प रहेको छ ।
हानीकारक रासायनिक विषादी नियन्त्रणगरी जैविक विविधता र रैथाने बाली संरक्षण गर्ने नीति नेकपाको छ । यस्तै, जनस्वास्थ्य र जैविक सुरक्षाका आधारमा जिएमओ बाली प्रयोगमा प्रतिबन्ध लगाउने कार्यक्रमलाई नेकपाले आफ्नो प्रतिवद्धतापत्रमा महत्वका साथ स्थान दिएको छ । यो जलवायु परिवर्तनसँग लड्ने एउटा महत्वपूर्ण आधार हो । जलवायु परिवर्तनमा नेपालको भूमिका नगन्य र हुँदै नभएपनि हामीले जटिल मानवीय समस्या भोग्नु परेको छ । हामी संकटमा परिसकेका छौ । यो अवस्थालाई ख्याल गरेर प्रतिवद्धतापत्रमा नै नेपाली कम्युनिस्ट पार्टीले यो विषयलाई आत्मसाथ गरेको हो ।
यस्तै, कृषि वनलाई प्राथमिकता दिई जैविक विविधता संरक्षण र कृषि पर्यटन प्रवद्र्धन गर्ने, वन्यजन्तुलाई वनमै राख्ने वातावरण सिर्जना गरी बालीमा क्षत्रि क्रमशः अन्त्य गर्ने, कृषि वनमा जडीबुटी खेती प्रवद्र्धन गर्ने कार्यक्रम पनि अगाडि सारिएको छ । यस्तै, नेकपाले हरित अर्थतन्त्रको प्रवद्र्धनमा जोड दिएको छ । उद्योग, व्यवसाय, कार्यालय तथा प्रतिष्ठानले वातावरणमैत्री विधिहरु अवलम्बन गर्नुपर्नेछ । कार्बन मूल्य निर्धारणका लागि नीति निर्माण गरी कार्बन व्यापारको लागि स्पष्ट कानुनी र संस्थागत आधार तयार पार्ने, नयाँ बन्ने नीतिले उत्सर्जन घटाउने परियोजनालाई प्रोत्साहन दिई काबन क्रेडिटको उत्पादन, खरिद बिक्री र नियमनको व्यवस्था गर्नेछ भन्ने नेपाली कम्युनिस्ट पार्टीले स्पष्ट रुपमा आफ्नो वाचामा समावेश गरेको छ ।
नेपालले सन् २०४५ सम्म नेट जिरो इमिशनको लक्ष्य हासिल गर्न नवीकरणीय ऊर्जाको प्रयोगमा जोड दिएको सन्दर्भमा नेकपाले कार्बन उत्सर्जन कम गर्दै जाने महत्वाकांक्षी लक्ष्यलाई प्रमुख प्राथमिकतामा राखेको छ । हरित गृह ग्यास उत्सर्जनका कारण पृथ्वीमा बढ्दो तापमान तथा जलवायु परिवर्तनले जनताको जीवनमा पर्ने अर र जोखिमलाई कम गर्न अनुकूलन र न्यूनीकरणको कार्यक्रम सञ्चालन गर्ने लक्ष्य निर्धारण गरेको छ । पृथ्वीको बढ्दो तापमान तथा जलवायु परिवर्तनका मुद्दालाई अन्तर्राष्ट्रियकरण गरी जलवायु संकटले हिमाली देशहरुमा उत्पन्न गरेको जोखिमबारे विश्वव्यापी रुपमा ध्यानाकर्षण गर्दै नेपालको नेतृत्वमा सरोकारवाला मुलकको सञ्जाल निर्माण गर्न पहल गर्ने योजना नेकपाले अगाडि सारेको छ ।
हिमाल बचाऔ अभियान सञ्चालन गर्ने, जलवायु परिवर्तनसँग सम्वद्ध विश्व सम्झौताहरुद्धारा स्थापित हरित जलवायु कोष, नोक्सानी क्षतिपूर्ति कोषजस्ता वित्तिय कोषको रकम तथा अन्य अवसरहरुको अधिकतम उपयोग गर्नका लागि विशेष कुटनीतिक साथै प्राविधिक पहल गर्ने नेकपाको योजना छ । विपदको सम्भाव्य जोखिममा रहेका स्थानमा विपद न्यूनीकरण पूर्वाधारको निर्माण गर्ने, पूर्व तयारी संयन्त्रको प्रभावकारी कार्यान्वयन गर्ने विषय हालसम्मकै नयाँ कार्यक्रमको रुपमा नेकपाले लिपीबद्ध गरेको छ ।
प्राकृतिक प्रकोप तथा विपद प्रभावित बाढी पहिरो, भूकम्पजस्ता विपदबाट प्रभावित परिवारलाई तत्काल राहत, पुनः स्थापना र दीर्घकालीन जीविकोपार्जन योजना लागू गर्ने, विकासका योजना निर्माण गर्दा विपदजन्य जोखिम र त्यसको व्यवस्थापनमा ध्यान दिनुपर्ने नीति अवलम्बन गर्ने नेकपाको प्रतिवद्धतापत्रमा समावेश छ । तेस्रो पटक प्रधानमन्त्रीका रुपमा नेकपाका संयोजक प्रचण्डले अन्तर्राष्ट्रिय मञ्चहरुमा जलवायु परिवर्तन र त्यसबाट नेपालले भोग्नु परेको समस्यालाई जसरी विश्व समुदायको ध्यानाकर्षण गराएका थिए । त्यो आफैमा हालसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रयास र पहल थियो । त्यसअघि त्यो रुपमा मर्मवोधका साथ कहिल्यै विषय उठेकै थिएन । संयुक्त राष्ट्र संघका महासचिवको नेपाल भ्रमण, विश्व जलवायु सम्मेलनमा नेपालले देखाएको प्रभावकारी उपस्थिती आफैमा ऐतिहासिक परिघटनाको रुपमा स्थापित छ । संसार जोगाउने भए हिमाल जोगाउनै पर्छ भनेर अन्तर्राष्ट्रिय मञ्चमा नेपालले उठाएको मुद्दा र सुनिने गरी भनिएको विषयले आज क्रमशः प्रतिफल दिन शुरु गरेको छ ।
गल्ती नगर्दा पनि नेपालले भोग्नु परेको जलवायुजन्य समस्याका बारेमा अन्तर्राष्ट्रिय समुदायले सुन्ने गरी स्पष्ट शब्दमा प्रचण्ड प्रधानमन्त्री भएकै बखत मात्रै आफ्नो धारणा राखिएको थियो । औद्योगिक राष्ट्रले गरेको प्राकृतिक स्रोतमाथिको अत्याधिक दोहन, खनिज तेलको अत्याधिक उपभोगका कारण हरित गृह ग्यासको बढ्दो उत्पादनले ओजन तहमा देखा परेको प्वाल तथा नेपाल जस्ता हिमाली देशले भोग्नुपरेको समस्यालाई प्रचण्डले जसरी अन्तर्राष्ट्रिय समुदायका सामु विषय वस्तु राखेका थिए, त्यो आफैमा ऐतिहासिक परिघटना नै थियो । सोही सन्दर्भमा नेकपाले सार्वजनिक गरेको प्रतिवद्धतापत्रमा जलवायु परिवर्तनका एजेण्डाले महत्व पाएको छ ।
आफ्नो कुनै भूमिका नभएपनि जलवायु परिवर्तन र त्यसले पारेको प्रभावकाबारेमा अन्य राजनीतिक दल भन्दा नेकपाले अगाडि सारेको कार्यक्रम सबैभन्दा वस्तुवादी र वैज्ञानिक रहेको तथ्यले पुष्टि गरेको छ । अन्तर्राष्ट्रिय समुदायका सामु नेपालको अधिकार हो, नेपालले जलवायु जन्य समस्याबाट भोग्नु परेको जटिला समाधानका लागि अन्तर्राष्ट्रिय समुदायले यो वा त्यो तर्क गरेर भाग्न पाउँदैन भन्ने दृष्टिकोण आफैमा ऐतिहासिक छ ।
प्रतिवद्धतापत्रमा समावेश भएका विषय कार्यान्वयनका लागि पनि नेपाली जनताले नेकपालाई ढुक्क भएर मतदान गर्नुपर्छ । तब मात्र यो विषयले थप मुखर हुने अवसर पाउँछ । अन्यथा अन्य राजनीतिक दलको प्राथमिकतामा नपरेको यो विषय थप प्रष्ट हुन र कार्यान्वयनमा जान नसक्ने स्पष्ट छ ।














Comments are closed