Shopping cart

  • Home
  • राजनिती
  • जटिल राजनीतिक परिस्थितिका बीच सम्पन्न निर्वाचनले तमाम आशंकाहरू चिरेको प्रचण्डको दाबी
देश

जटिल राजनीतिक परिस्थितिका बीच सम्पन्न निर्वाचनले तमाम आशंकाहरू चिरेको प्रचण्डको दाबी

Email :164

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण, सभ्य र लोकतान्त्रिक वातावरणमा सम्पन्न भएकाेमा मतदाताप्रति धन्यवाद ज्ञापन गर्नु भएकाे छ ।

उहाँले जटिल राजनीतिक परिस्थितिका बीच सम्पन्न निर्वाचनले तमाम आशंकाहरू चिरेको दाबी पनि गर्नुभएकाे छ । सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै प्रचण्डले निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न योगदान दिने सबैप्रति आभार व्यक्त गर्नुभएकाे छ ।

उहाँले नेपाल सरकार, राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी, सहभागी राजनीतिक दल, नागरिक समाज तथा सम्पूर्ण मतदातालाई धन्यवाद ज्ञापन गर्नुभएकाे हाे ।

उहाँले मतदानमार्फत जनताले देखाएको उच्च सहभागिता, संयम र संघीय लोकतान्त्रिक गणतन्त्रप्रतिको विश्वासले राज्य व्यवस्थालाई अझ सुदृढ बनाएको उल्लेख गर्नुभएकाे छ । जनताको मतले लोकतान्त्रिक प्रणालीप्रतिको प्रतिबद्धता पुनः पुष्टि गरेको उहाँको धारणा छ ।

प्रचण्डले आगामी दिनमा जनताको निर्णयलाई सम्मान गर्दै देश र जनताको हितमा सबै पक्ष मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभएकाे छ । निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई थप परिपक्व बनाएको उल्लेख गर्दै उहाँले सहकार्य र सहमतिका आधारमा राजनीतिक स्थायित्व सुदृढ गर्नुपर्ने बताउनु भएकाे छ ।

Comments are closed

Related Post