Shopping cart

  • Home
  • राजनिती
  • चितवन २  भरतपुरलाई केन्द्रीय शहरको रुपमा विकास गर्ने प्रताप गुरुङको योजना
देश

चितवन २  भरतपुरलाई केन्द्रीय शहरको रुपमा विकास गर्ने प्रताप गुरुङको योजना

Email :83

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका चितवन क्षेत्र नम्बर २ का उम्मेदवार प्रताप गुरुङले भरतपुरलाई केन्द्रीय शहरको रुपमा विकास गर्ने भन्दै आफ्नो विभिन्न योजना र एजेण्डा अघि सारेका छन् । उनले कालिका नगरपालिकाको शक्तिखोरमा आईटी पार्क स्थापना गर्ने प्रतिबद्धता गरेका छन् । त्यस्तै, नारायणगढ मौवाखोला सडक खण्डमा आईपर्ने विपद्जन्य अवस्थालाई जोखिम न्यूनीकरण गर्न आवश्यक प्रविधि पहिचान गरी कार्यान्वयन गर्ने, चरौंदी–शक्तिखोर डाईभर्सनलाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा विकास गरी बहुउद्देशीय परियोजना निर्माणमा जोड दिने तथा कालिका नगरपालिका र इच्छाकामना गाउँपालिकामा बहुमुखी आंगिक कलेज स्थापना गर्ने योजना अघि सारेका छन् ।

 

उनले चेपाङ समुदायको संस्कृतिलाई संरक्षण गर्नका लागि चेपाङ संग्रहालय स्थापनामा पनि जोड दिएका छन् । भरतपुरलाई मेडिकल सिटी को रुपमा विकास गर्दै भरतपुर अस्पताललाई शिक्षण अस्पतालका रुपमा र क्यान्सर अस्पताललाई समेत स्तरोन्नति गर्ने उनको योजना छ । इच्छाकामनाको आधारभूत अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्ने, इच्छाकामना ३ मा रहेको कुईभिर गिट्टी खानी प्रयोगमा ल्याउन पहल गर्ने, पुल्चोक, सहिदचोक र चौबीसकोठीमा आकासे पुल निर्माण गर्ने र इच्छाकामना –२ मा रहेको चुनढुंगा खानी सञ्चालनका लागि पहल गर्ने पनि उनको एजेन्डा छ ।

 

गुरुङले नगर वनलाई आधुनिक पार्कको रुपमा विकास गर्ने, गणेशस्थान देखि बरान्डाभार क्षेत्रलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने, देवघाट धामलाई धार्मिक र पर्यटकीय स्थलको रुपमा विकास गर्दै मुक्तिनाथ र त्रिवेणी धाम जोड्ने काममा पहल गर्ने तथा चितवन जिल्लालाई शैक्षिक हवको रूपमा विकास गरिने उनको भनाई छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकालाई फलफूल र तरकारीको पकेट क्षेत्र बनाउने पनि उनको घोषणा छ ।

Comments are closed

Related Post