Shopping cart

  • Home
  • समाज
  • गौरमा निकालियो शान्तिसद्भाव र्‍याली
देश

गौरमा निकालियो शान्तिसद्भाव र्‍याली

Email :62

रौतहट । नागरिक समाजले गौर- ६ सबगढामा शान्ति सद्भाव र्‍याली निकालेको छ । सबगढाको मुख्य सडकबाट सुरु भएको र्‍यालीले प्रभावित गाउँ परिक्रमा गरेको छ ।

गाउँमा शान्ति कायम राख्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तथा प्रशासनसहितको र्‍याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय रौतहटले अहिले बिहान ६ बजेदेखि कर्फ्यु हटाएको छ ।

केही दिनदेखि गौर अशान्त बनेको थियो । दुई समुदायबीचको विवाद चर्किएपछि स्थितिलाई नियन्त्रणमा लिन कर्फ्यु जारी गरिएको थियो ।

Comments are closed

Related Post