Shopping cart

  • Home
  • समाज
  • गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित
देश

गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित

Email :111

काठमाडौं । गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उक्त समूह समाहित भएका हुन् ।

काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह-संयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले खादामाला लगाएर केसीसहितलाई स्वागत गरे ।

समाहित हुनेहरूमा

गिरिराज केसी (यसअघिको निर्वाचनमा एमालेबाट प्रदेश सभाका उम्मेदवार)

ध्रुव आचार्य

कालुराम चौधरी

दुर्गादत्त शर्मा

दामोदर अधिकारी (पूर्व मेयर, घोराही नगरपालिका) आरडी यादव

पिताम्बर आचार्यलगायत छन् ।

स्वतन्त्र वाम समूहमार्फत दाङलगायतका विभिन्न जिल्लाहरूमा क्रियाशील अन्य नेताहरूलाई काठमाडौंमा तथा बाँकी कार्यकर्ताहरूलाई जिल्लामा आयोजित कार्यक्रममार्फत स्वागत गरिने नेकपाले जनाएको छ ।

Comments are closed

Related Post