Shopping cart

  • Home
  • राजनिती
  • क्रिकेट मैदानदेखि क्यान्सर अस्पतालसम्मका योजना बोकेर मतदाताको घरदैलोमा नेता पाण्डे
देश

क्रिकेट मैदानदेखि क्यान्सर अस्पतालसम्मका योजना बोकेर मतदाताको घरदैलोमा नेता पाण्डे

Email :50

काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको क्रममा धादिङ क्षेत्र नं.१ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार राजेन्द्र प्रसाद पाण्डेले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा धादिङको शैक्षिक र स्वास्थ्य अवस्थालाई आधुनिक युग सुहाउँदो बनाउने संकल्प गरिएको छ । त्यस्तै धादिङकै ऐतिहासिक आदर्श बहुमुखी क्याम्पसलाई विज्ञान तथा सूचना प्रविधि शिक्षाको उत्कृष्ट केन्द्र ९आईटि हव० बनाउने घोषणा गरिएको छ ।

साथै थाक्रे – १ को विर्ताचौरमा क्यान्सर अस्पताल स्थापना र बेनिघाट रोराङ – ३ मलेखुको राजमार्ग सामुदायिक अस्पताललाई ५० शैयामा स्तरोन्नति गर्ने घोषणा गरिएको छ ।
क्रिकेट र फुटबलमा युवाहरूको बढ्दो क्रेजलाई सम्बोधन गर्दै उम्मेदवार पाण्डेले पूर्वाधार विकासमा जोड दिने प्रतिबद्धता व्यक्त गरेका छन् । पाण्डेले चुनावी अभियानका क्रममा पृथ्वी राजमार्ग आसपासका ६ स्थानीय तहमध्ये एक उपयुक्त स्थानमा नयाँ क्रिकेट मैदान निर्माण गरिने बताउँदै आएका छन् ।


उनका प्रतिवध्दतापत्रमा धुनिवेशी नगरपालिकाको धार्के र सिद्धलेक गाउँपालिकाको बर्खेघाटमा रहेको फुटबल मैदानहरुलाई राष्ट्रियस्तरको रङ्गशालामा रूपान्तरण गर्ने प्रतिबद्धता जनाएका छन् ।
धादिङ क्षेत्र नं. १ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले सोमबारदेखि निर्वाचन केन्द्रित घरदैलो अभियान सञ्चालन गरेको छ । पार्टीले आज बिहानदेखि गजुरी गाउँपालिकाको बेल्खुबाट सुरु भएको घरदैलो अभियान र आदमघाट बजार हुँदै दिउँसो गजुरी ४ को गैरीगाउँ पुग्नेछ । अभियानमा उम्मेदवार पाण्डेसँगै नेता शालिकराम जम्मकट्टेलसहितका नेताहरू उपस्थित छन् ।

Comments are closed

Related Post