Shopping cart

  • Home
  • राजनिती
  • क्रान्तिकारी कम्युनिस्ट पार्टी परित्याग गरी नेकपामा प्रवेश
देश

क्रान्तिकारी कम्युनिस्ट पार्टी परित्याग गरी नेकपामा प्रवेश

Email :109

काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल (एकता पक्षधर समूह) बाट अलग हुँदै पोलिटब्युरो सदस्य भीम चाँपागाईँको नेतृत्वमा रहेको समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा समाहित भएका नेताहरू तथा कार्यकर्तालाई स्वागत गरेका छन् ।

 

विभिन्न वामपन्थी धारमा क्रियाशील समूह र व्यक्तिहरू नेकपामा प्रवेश गरिरहेका छन् । यसअघि पनि विप्लव नेतृत्वको नेकपा र वैद्य समूहका केही नेता–कार्यकर्ताहरू नेपाली कम्युनिस्ट पार्टीमा समाहित भइसकेका छन् ।

Comments are closed

Related Post