Shopping cart

  • Home
  • राजनिती
  • को हुन नेपाली काँग्रेस काठमाडौं ४ का उम्मेदवार सचिन तिमल्सिना ?
देश

को हुन नेपाली काँग्रेस काठमाडौं ४ का उम्मेदवार सचिन तिमल्सिना ?

Email :204

लेखनाथ सिकारू

काठमाडौँ । कांग्रेसले सचिन तिमल्सिनालाई काठमाडौं क्षेत्र नम्बर ४ को उम्मेदवार बनाएको छ । कांग्रेस सभापति गगन थापा लड्दै आएको निर्वाचन क्षेत्रबाट यस पटक तिमिल्सिनालाई उम्मेदवार बनाएको हो ।

उनी अहिले घरदैलो अभियान र युवाहरु संगको भेटलाई तिब्र बनाइरहेका छन्। भरोसा नयाँ पुस्ताको, मार्गचित्र समुन्नत नेपालको भन्ने उद्घोष सहित उनी यतिवेला चुनावि अभियानमा होमिएका छन् । युथ कंग्रेसका संस्थापक सभापतिसमेत रहेका तिमल्सिना काठमाडौं कै स्थानीय बासिन्दा हुन् ।

सचिन तिमल्सिनाको राजनीतिक यात्रा पारिवारिक पृष्ठभूमिबाट सुरु भए पनि उनी त्यसैमा सीमित छैनन्। उनका बुबा सुरेन्द्र कुमार तिमल्सिना नेपाली काँग्रेसका ६ पटक महासमिति सदस्य रहनु र आमा क्षेत्रीय प्रतिनिधि हुन, स्वर्गीय हजुरबा मुक्तिनाथ तिमल्सिना पनि कांग्रेसका अग्रणी नेता थिए । पार्टी राजनीतिमा गहिरो जरा गाडिएको परिवारिक इतिहासको प्रमाण हो। तर समकालीन नेपाली राजनीतिमा केवल विरासतले मात्र स्वीकार्यता पाउँदैन संगठन, आन्दोलन र वैचारिक सक्रियता आवश्यक पर्छ जसमा सचिनले आफूलाई प्रमाणित गरेका छन्।


तिमल्सेनाले भनेका छन् नेपाली काँग्रेसको तर्फबाट काठमाण्डौ क्षेत्र नं। ४ मा संघीय संसद् प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार भएर यहाँहरूसामु आएको छु। काठमाण्डौ क्षेत्र नं। ४ को गौरवशाली राजनीतिक इतिहासको हिस्सा बन्न पाउनु मेरा लागि गर्वको विषय मात्र नभई यहाँका नागरिकले ममाथि राख्न सक्ने विश्वास र भरोसाको गहिरो जिम्मेवारी बोध पनि हो।


नेपाली लोकतन्त्रले विभिन्न कालखण्डमा उतार चढाव र सङ्घर्ष पार गर्दै आज फरक मोडमा आइपुगेको छ। उदार लोकतन्त्र प्रतिको गहिरो विश्वास र सुशासन प्रतिको प्रतिवद्धतामार्फत राजनीतिलाई नयाँ शिराबाट अघि बढाउन, यहाँहरुको भरोसाको प्रतिनिधि हुने वाचा सहित म यहाँहरूमाझ आएको छु। मेरो उम्मेदवारी केवल पदका लागि होइन, बरु आत्मसम्मान, पारदर्शिता र इमानदारीमा आधारित नवीन राजनीतिक पद्धतिको स्थापनाका साथै ुबदलिएको कांग्रेसमार्फत देश बदल्नेु संकल्पको साझा अभियान हो।

सचिन तिमल्सिनाले २०७४ देखि २०८१ सम्म युथ काँग्रेसका संस्थापक अध्यक्षका रूपमा काम गरेका थिए। यो अवधिमा युथ काँग्रेसलाई ४२ जिल्लामा संगठन विस्तार गर्नु केवल संख्यात्मक उपलब्धि होइन, युवालाई संगठित राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने प्रयास थियो। संगठन निर्माण, नेतृत्व विकास र जरा तहसम्म पार्टीको उपस्थिति विस्तार गर्ने काममा उनको भूमिका उल्लेखनीय देखिन्छ।

पछिल्लो एक दशकदेखि सचिन युवा राजनीति, नागरिक स्वतन्त्रता, लोकतन्त्र र सामाजिक न्यायका सवालमा निरन्तर हस्तक्षेपकारी भूमिकामा सक्रिय रहँदै आएका छन्। उनले युवालाई केवल नारामा सीमित नराखी नीति निर्माण र लोकतान्त्रिक अभ्याससँग प्रत्यक्ष जोड्न पहल गरेका थिए ।


उनकै नेतृत्वमा सम्पन्न नेपाली कांग्रेस नीति २०८० नेपाली राजनीतिमा ऐतिहासिक अभ्यास बन्यो, जहाँ गिग इकनोमी र जलवायु परिवर्तनसम्बन्धी युवाले तयार गरेका नीति पत्रहरू संसदीय दलसम्म पुगेर पार्टीको नीति प्रक्रियामा समावेश भए ।

नागरिक स्वतन्त्रता र अभिव्यक्ति अधिकारको पक्षमा सामाजिक सञ्जाल निर्देशिका २०७७, प्रतिनिधिसभा विघटन र विभिन्न नागरिक आन्दोलनहरूमा उनी स्पष्ट रूपमा उभिए ।

सत्तामुखी होइन, प्रणाली सुधारमुखी राजनीतिक सोच बोकेका सचिन तिमिल्सिनाको पहिचान युवालाई भीड होइन, निर्णयकर्ता बनाउने नेतृत्वका रूपमा स्थापित हुँदै गएको छ । निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, यो त कार्यशैली र नतिजा फेर्ने अवसर हो। सुशासन, प्रविधिमैत्री सेवा र जनउत्तरदायी राज्य प्रणाली मेरो मुख्य प्राथमिकता हुन् तिमल्सिना बताउँछन् ।


साथै काठमाडौं ४ को विकास र राष्ट्रिय नीति निर्माणमा युवा दृष्टिकोण समावेश गर्न म चुनावी मैदानमा छु।
यही लक्ष्य प्राप्तिका लागि मेरो उम्मेदवारी हो। आउनुहोस्, यो निर्वाचनलाई साझा समुन्नतिको उत्सव बनाऔं।

 

यसैविच, सभापति गगन थापाले जित्दै आएको काठमाडौं ४ मा यस पटक तिमल्सिना नेपाली कांग्रेसबाट उम्मेदवार बनेका छन्। उक्त क्षेत्रमा निरन्तर जित्दै आएका सभापति थापा यो पटक काठमाडौं ४ छोडेर सर्लाही ४ पुगेपछि थापाको क्षेत्रमा सचिन भिड्दैछन्।

२०८२ पुष २७९३० सम्म सम्पन्न दोस्रो विशेष महाधिवेशनमा उनी जेन्जी परिचालन उपसमितिको संयोजक थिए। जेन्जी उमेर समूहमा प्रत्यक्ष नपरे पनि जेन्जीको सोच, भाषा, प्रविधि प्रयोग र राजनीतिक अपेक्षा बुझ्ने नेताका रूपमा उनी प्रस्तुत भैसकेका छन्।

सचिनले २०८० मा नेपाली काँग्रेस केन्द्रीय कार्य समितिले आयोजना गरेको पोलिसी ह्याकाथुन कार्यक्रमको संयोजक रहेर नीति निर्माण र वैचारिक राजनीतिमा पनि सक्षम रहेको प्रमाणित गरिसकेका छन्। २०७४ सालको प्रतिनिधि सभा चुनावमा चुनावी रणनीतिकार को भूमिकामा रहेर राजनीतिक कौशलता, रणनीति र मतदाताको व्यवहार बुझ्ने क्षमतालाई वृद्वि गरिसकेका छन्।

चिकित्सा शिक्षा आन्दोलन मा अग्रपंक्तिमा उभिएर सहभागिता जनाउनु, सुशासनका मुद्दामा निरन्तर सक्रिय रहनु, नीतिगत बहसमा संलग्न हुनु र समाधानमुखी राजनीति गर्न खोज्नु उनको राजनीतिक प्रतिबद्वताको उदाहरण हो।

सचिन तिमल्सिना क्रिकेट कमेन्टेटरका रुपमा चिनिनु र विभिन्न सामाजिक सञ्जालमा सक्रिय रहनु उनको महत्वपूर्ण पक्ष हो। यसले उनलाई आफ्नो निर्वाचन क्षेत्रमा अझ बिशेष गरी खलकूदमा रुचि राख्ने मतदाताहरु संग जोड्न सजिलो बनाएको छ।


सचिन तिमल्सिना जस्तो शिक्षित र सक्रिय अनुहारलाई अगाडि सार्दा काँग्रेसले पुरानै अनुहार दोहोर्‍याउने पार्टी भन्ने आलोचनालाई केही हदसम्म चिर्न खोजेको सन्देश गएको छ। यसले विशेषगरी युवा मतदाता, पहिलोपटक मतदान गर्ने समूमा उत्साह थपेको छ।

सचिनको उम्मेदवारीले पार्टीभित्र ठूलो विवाद नआउनु, खुलेआम असन्तुष्टि नदेखिनु र विभिन्न उमेर समूहबीच सन्तुलन कायम हुनुले काँग्रेस क्षेत्र नं ४ एकजुट रहेको देखिन्छ। सचिन जेन्जी उमेर समूहमा नपरे पनि जेन्जीको भावना अनुसार काम गर्न सक्ने र सबै उमेर समूहलाई मिलाउन सक्ने क्षमताका कारण सबैको स्वीकार्य पात्र बनेको छ।


गगन थापाले नेतृत्वको उत्तराधिकार निर्माण को अभ्यास सुरु गरेका छन्। सचिन तिमल्सिनालाई उम्मेदवार बनाउनु गगन थापाको व्यक्तिगत लोकप्रियता मात्र होइन, उनको राजनीतिक दर्शन, कार्यशैली र विश्वासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नु हो। यसले पार्टीभित्र निरन्तरता, स्थायित्व र दीर्घकालीन नेतृत्व विकासको संकेत दिन्छ।

म घृणाको राजनीति हैन, एजेण्डाको राजनीतिको पक्षमा छु। प्रश्न लोकतन्त्रको अभिन्न अंग हो र यसले नै लोकतन्त्रलाई जीवित राख्छ उनी भन्छन् ।

सचिनको उम्मेदवारी संगै अन्य राजनीतिक दलहरू माथि दबाबमा परेको देखिन्छ। “युवा नेतृत्व आजको आवश्यकता” लाई भाषणमा मात्र सिमित हैन व्यवहारमा पनि उतार्दै नयाँ अनुहार प्रस्तुत गरे संगै प्रतिस्पर्धी दल माथि युवालाई मौका दिन दवाव परेको छ। साथै यो निर्णयले प्रतिस्पर्धी दललाई प्रचार र रणनीति अझ आक्रामक बनाउन बाध्य बनाएको छ।

काठमाडौं क्षेत्र नं ४ मा सचिन तिमल्सिनाको उम्मेदवारी केवल क्षेत्रगत रणनीति मात्र होइन नेपाली काँग्रेसभित्र चलिरहेको पुस्तान्तरण, रुपान्तरण, नेतृत्व विकास र राष्ट्रिय पुनःसंरचनाको राजनीतिक प्रयोग हो। यो प्रयोग सफल हुन्छ कि हुँदैन भन्ने कुरा निर्वाचन परिणामले देखाउनेछ। तर राजनीतिक सन्देश, रणनीति र साहसको हिसाबले यो निर्णयको अहिले नै जीत भैसकेको छ। सचिनको जीतले पक्कै पनि गगन थापाले समुन्नत देश बनाउन लिएको संकल्पमा ईट्टा थप्ने काम गर्नेछ। यही कारण पनि काठमाडौं क्षेत्र नं ४ लाई अहिले सबैले चासोका साथ नियालिरहेका छन्।

उनी भन्छन् निर्वाचन केवल अनुहार फेर्ने माध्यम होइन, यो त कार्यशैली र नतिजा फेर्ने अवसर हो। सुशासन, प्रविधिमैत्री सेवा र जनउत्तरदायी प्रणालीका साथ काठमाडौँ ४ को विकासमा युवा दृष्टिकोण जोड्न म चुनावी मैदानमा छु।  उनुहोस्, यो निर्वाचनलाई साझा समुन्नतिको उत्सव बनाऔँ।

तिमल्सिना भन्छन् आसन्न निर्वाचन र समग्र क्षेत्रको विकासका साझा प्राथमिकताहरूका सम्बन्धमा प्राप्त महत्वपूर्ण सुझाव, स्पष्ट दृष्टिकोण र दृढ प्रतिबद्धताले हाम्रो अभियानलाई थप ऊर्जा प्रदान गरेको छ।अनुभवीहरूको मार्गदर्शन र नयाँ पुस्ताको भरोसालाई आत्मसात् गर्दै ुसमुन्नत नेपालु निर्माणको मार्गमा अविचलित लाग्ने प्रण गर्दछु।


क्षेत्र नं. ४ को निर्वाचन परिचालन मूल समिति घोषणा कार्यक्रममा कांग्रेस सभापति गगन कुमार थापाले सचिनको खुलेर प्रशंसा गरे सचिन जोस र सोच भएका उर्जाशिल युवा हुन् । सचिनबाट गगन निकाल्न सक्नुस गगनले आम मतदातासँग भने । सचिनले मेरो जतिकै मायाँ पाउँछन् यहाँ त्यो ममता त्यो समर्पण पनि हो । उनले सचिनको पिताजिको प्रशंसा गर्दै परिबारको लगावको प्रशंसा गरे । सचिनले कांग्रेस भित्रै आन्दोलन गरे कहिले फोहोरका सवालमा कहिले सार्वजनिक यातायातका सबालमा त कहिले के उनले प्रश्नै प्रश्न गरे लोकतन्त्रमा प्रश्न गर्न पाईन्छ गगनले भने ।

Comments are closed

Related Post