धनगढी : कैलालीको कैलारी गाउँपालिका-९ गदरियामा नेपाली कम्युनिष्ट पार्टी कैलाली-.५ का उम्मेदवार प्रेमबहादुर आलेको समर्थनमा विशाल जनप्रदर्शन भएको छ। फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै आयोजित र्यालीमा उल्लेख्य जनसहभागिता देखिएको हो।
प्रदर्शनमा सहभागीहरूले सेतो झण्डामा रातो तारा अंकित झण्डा बोकेका थिए, जुन नेपाली कम्युनिष्ट पार्टीको चुनाव चिन्हसँग सम्बन्धित छ। पार्टीका प्रभावशाली नेताका रूपमा चिनिएका आलेको पक्षमा नाराबाजी गर्दै समर्थकहरूले उनलाई विजयी गराउन आह्वान गरेका थिए।
सहभागीहरूले पार्टीको चुनाव चिन्ह अंकित टोपी लगाएका थिए भने केहीले माला समेत पहिरिएका थिए, जसले चुनावी माहोल थप उत्साहित बनाएको थियो।
सुदूरपश्चिममा प्रभाव :
डोटीबाट निर्वाचित सांसदका रूपमा राजनीतिक यात्रा सुरु गरेका आले सुदूरपश्चिमका विभिन्न जिल्लामा प्रभावशाली नेताका रूपमा परिचित छन्। कैलाली–५ मा उम्मेदवारी दिएपछि उनले घरदैलो, भेटघाट तथा जनसभामार्फत चुनावी अभियानलाई तीव्र बनाइरहेका छन्।
गदरियामा देखिएको यो जनप्रदर्शनलाई कैलाली–५ को चुनावी समीकरणमा महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ। निर्वाचन मिति नजिकिँदै जाँदा क्षेत्रको चुनावी सरगर्मी अझ बढ्ने देखिएको छ।














Comments are closed