Shopping cart

  • Home
  • स्वास्थ्य
  • के–के छन् काठमाडौँ ४ को विकासका लागि इन्द्र भुसालका योजना ?
अर्थ

के–के छन् काठमाडौँ ४ को विकासका लागि इन्द्र भुसालका योजना ?

Email :70

बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा पार्न पहल गर्ने

 

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका काठमाडौँ क्षेत्र नं. ४ का उम्मेदवार इन्द्र कुमार भुसालले काठमाडौँ क्षेत्र नं. ४ को विकासका लागि सुशासन, सडक र ट्राफिक, खानेपानी शिक्षा, फोहोरमैला व्यवस्थापन र स्वास्थ्य लगायतका विषयमा जोड दिएर चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् । सशक्त युवा उम्मेदवार भुसालले जनताको स्थानीय आवश्यकता र जनचाहानालाई जोड दिदैँ प्रतिबद्धता गरेसँगै काठमाडौँ ४ मा दिनप्रतिदिन नेपाली कम्युनिष्ट पार्टी र चुनाव चिन्ह ताराप्रतिको आकर्षण बढ्दै गइरहेको छ ।

 

सडक र ट्राफिक समस्या समाधानका लागि पहल गरिने

भुसालले बुढानिलकण्ठ नगरपालिका वडा नं. ८ को निखिलेश्वर मन्दिरबाट सुन्दरवस्ती, जगन्नाथ मन्दिर हुँदै भंगालसम्मको खहरे खोलाको सडक निर्माणको बाँकी खण्डलाई सम्पन्न गर्ने प्रतिबद्धता गरेका छन् । उनले चुनीखेल कपन सिमानाको चिहाने खोलालाई व्यवस्थित गरी कोरिडोरको रुपमा सञ्चालन गर्ने, सडकहरूमा पैदलमार्ग र ट्राफिक लाइटको व्यवस्थापन गर्ने र बजार क्षेत्रहरूमा गाडीहरूको पार्किङका लागि पार्किङ स्थलहरुको व्यवस्था गर्ने उनको प्रतिबद्धता छ ।

नपुगेका ठाउँमा खानेपानी सुविधा पु¥याउने, कौसी खेतीलाई प्रोत्साहन गर्ने

भुसालले साविक कपन गा.वि.स, रुद्रमतीटोल, सुन्दरवस्ती र बालुवाखानी लगायत अन्य खानेपानी नपुगेका ठाउँमा मेलम्ची खानेपानी विस्तारका लागि पहल गर्ने बताएका छन् । खानेपानी सेवा शुल्कमा एकरूपता र पारदर्शीता अपनाई सरलीकृत गराउने पनि उनको प्रतिबद्धता छ । उनले चुनीखेल र सुन्दरवस्तीलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गर्दै उत्पादित तरकारी तथा कृषि उपजहरुको बजार व्यवस्थापनका लागि आवश्यक पहल गर्ने बताएका छन् । त्यस्तै, शहरी क्षेत्रमा कौसी खेतीलाई प्रोत्साहन गर्ने पनि उनको घोषणा छ ।

उनले सामुदायिक विद्यालयहरूलाई प्रविधिमैत्री बनाउँदै आवश्यकताका आधारमा भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थाका लागि पहल गर्ने बताएका छन् । विद्यार्थीहरूलाई पढ्दै कमाउँदै कार्यक्रमको लागि नीति बनाउन पहल गर्ने र निजी विद्यालयको चर्को शुल्क नियन्त्रण गरी सबैको पहुँचमा पु¥याउने उनको भनाई छ ।

भुसालले सो निर्वाचन क्षेत्र अन्तर्गतका अस्पताल तथा स्वास्थ्यकेन्द्रहरूको गुणस्तरमा सुधार गर्ने र शहरी स्वास्थ्य केन्द्रलाई आवश्यक उपकरण र जनशक्ति व्यवस्थापन गरी स्तरोन्नति गर्ने घोषणा पनि गरेका छन् । स्वास्थ्यका लागि आधारभूत स्वास्थ्य परीक्षण, योग, ध्यान प्राकृतिक उपचार लगायतका आरोग्यता सम्बन्धी कार्यक्रम सञ्चालनका लागि आवश्यकता अनुसार केन्द्रहरु स्थापना गर्ने पनि उनको भनाई छ । निजी अस्पतालमा लाग्ने शुल्कलाई नियन्त्रण गरी सर्वसाधारणको पहुँचमा राख्ने बताइएको छ ।

 

बुढानिलकण्ठलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्ने

नेकपा उम्मेदवार भुसालले बुढानीलकण्ठ मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्नका लागि विषेश पहल गर्ने बताएका छन् । उनले पशुपति गुठी लगायतका स्थानीय गुठीका जग्गाहरूलाई व्यवस्थित गर्न पहल गर्ने पनि बताएका छन् । स्थानीय मौलिक कला, संस्कृतिको संरक्षण गर्न स्थानीय आवश्यकताको पहिचान गरी लोपोन्मुख लोक संस्कृतिक केन्द्र, गुठी भवन, शिव पार्वती नृत्य, तामाङ्ग समुदायमा प्रचलित म्हेन्दोमाया नृत्य, धिमे बाजा, पञ्चेबाजा, डम्फु, टुङ्ना, लगायतका स्थानीय संस्कृति र सम्पदाहरूको संरक्षणका लागि विशेष पहल गर्ने उनको प्रतिबद्धता छ ।

 

चन्द्रविनायक चोकदेखि चावहिल चोकसम्मको बजारलाई सांस्कृतिक क्षेत्रको रूपमा विकास गरी संरक्षण गर्न पहल गर्ने उनको भनाई छ । विभिन्न स्थानहरूमा पदमार्गको विकास गरी शिवपुरी निकुञ्ज लगायतका स्थानहरुमा आउजाउ गर्ने पर्यटकहरूलाई आकर्षण गर्ने प्रकारका कार्यक्रम ल्याउने उनको भनाई छ ।

 

पशुपतिनाथ र बौद्धनाथ परिक्रमा पदमार्ग निमार्ण गर्ने, कपन डुवान र खहरेको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न पहल गर्ने, धोवी खोला जल शुद्धीकरण योजना निर्माण गर्न पहल गर्ने र मैतिदेवीदेखि शिवपुरी निकुञ्ज सम्मको धोवीखोलामा भएको अव्यवस्थित ढलको उच्च प्राथमिकताका साथ व्यवस्थापन गर्ने बताइएको छ ।

 

भुसालले फोहर व्यवस्थापन सम्बन्धी समस्या दीर्घकालीन समाधानका लागि राष्ट्रिय स्तरमा पहल गर्ने बताइएको छ । फोहर संकलन कार्यलाई स्थानीय पालिकाले नै जिम्मा लिने गरी व्यवस्था मिलाउन पहल गर्ने उनको भनाई छ । स्थानीय तहमा रहेका सार्वजनिक महत्वका स्थानहरुमा पिउने पानी, स्नानगृह तथा शौचालय व्यवस्था गर्न पहल गर्ने प्रतिबद्धता गरिएको छ ।

Comments are closed

Related Post