काठमाडौँ । गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन भएको छ । गत भदौ २३ र २४ गते भएको जेनजेड प्रदर्शनबारे जाँचबुझ गर्न गठित आयोगका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।
‘प्रतिवेदन खै ? ‘सत्यतथ्य बाहिर ल्याऊ’, र ‘जेनजेडको आवाज सुन’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।
माइतीघर मण्डलामा आँखामा कालोपट्टी बाँधेर विरोध जनाएका छन् । प्रदर्शनकारीहरूले प्रतिवेदन तत्काल सार्वजनिक गरी दोषीउपर कारबाही र युवाहरूका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
उनीहरूले सरकारले घटनाको छानबिन गर्न आयोग गठन गरे पनि लामो समयसम्म प्रतिवेदन लुकाएर राखेको भन्दै आक्रोश व्यक्त गरेका छन् ।
उनीहरूले भदौ २३ र २४ गते युवाहरूले विभिन्न माग राख्दै गरेको प्रदर्शनमा प्रहरीको हस्तक्षेपपछि झडप भएको थियो ।
सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा एक जाँचबुझ आयोग गठन गरेको थियो ।
आयोगले आफ्नो प्रतिवेदन सरकारलाई बुझाए पनि प्रतिवेदन सार्वजनिक नहुँदा आम नागरिक र प्रदर्शनकारी युवाहरूमा असन्तुष्टि बढेको छ ।
गत भदौ २३ र २४ को जेनजेड आन्दोलनबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगले सरकारलाई बुझाएको प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको भनिएको छ ।














Comments are closed