Shopping cart

  • Home
  • राजनिती
  • काभ्रेका २ बटै क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीको जित सुनिश्चित : हुमागाई
देश

काभ्रेका २ बटै क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीको जित सुनिश्चित : हुमागाई

Email :101

काभ्रे । नेपाली कम्युनिस्ट पार्टी काभ्रे निर्वाचन क्षेत्र नम्बर–२ को उम्मेदवार बसुन्धरा हुमागाईले चुनावी प्रचार–प्रसारका क्रममा अन्य दलप्रति आक्षेप नलाग्ने गरी संयमित भाषा प्रयोग गर्न आग्रह गर्नु हुदै उहॅाले छोटो समय आफु कृषि मन्त्री भएको बेला गरेका कामको प्रचार मात्र गरे पनि पुग्ने बताउनु भयो ।

काभ्रे निर्वाचन क्षेत्र नम्बर–२ मा आयोजित चुनावी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै हुमागाईले नेता तथा कार्यकर्ताहरूलाई अन्य दलप्रति गाली–गलौज नगर्न निर्देशन दिनुभयो। उहाँले मतदाता माझ पार्टीको एजेन्डा, आफू कृषि मन्त्री हुँदा गरेका कामहरू तथा भदौ २३ र २४ गते घटेका वास्तविक घटनाक्रम स्पष्ट रूपमा प्रस्तुत गरिने बताउनु भयो।

काभ्रे निर्वाचन क्षेत्र नम्बर–१ र २ दुवै क्षेत्रमा आफ्नो पार्टीको जित सुनिश्चित रहेको दाबी गर्दै पूर्ण आत्मविश्वासका साथ चुनावी मैदानमा उत्रिएको बताउनु भयो। काभ्रे-२ मा बसुन्धरा हुमागाईलाई भोट किन भन्ने प्रश्नमा उहॅाले भन्नु भयो ।
“काभ्रेली माटो र जनताको मायाले निर्माण गरेको अनि बामपंथी आन्दोलनले बिकसित गरेको एउटा जनप्रतिनिधि हॅु “

रयाले , कुशादेवि , पनौति क्षेत्रमा बनाएका पुलहरू,नगरकोट नयागाउ कुन्ता सडक कालो पत्रे,खस्रे गुरूड॰गाउ होमस्टे सडक कालो पत्रे,कार्तिके चुरिथुम्क सिपघाट सडक,बयरबोट देउपुर कृषि सडक, पक्की पुलहरू,नाला , लामिछाने गाउका खानेपानी योजनाहरु
हिले जलजले ताल र सिँचाइहरु
भुम्लु,मण्डन देउपुरका बिध्यालयहरु,
बनेपाका तरकारी बिक्रीकेन्द्रहरु, बेथानचोकका बाटोहरु
धुलिखेल,बनेपा र पनौति एकिकृत खानेपानी योजनाहरु,नगरकोट बृहत खाने पानी योजना लगाएत
मन्दिर , गुम्बा र धार्मिक स्थलहरु
पाचखाललाई कृषि हबको रूपमा विकास गर्ने योजना, भुमिडाडाका पशुस्वास्थ्य अस्पतालहरु
बिउपुजि , राहत तथा कृषक सहायता कार्यक्रमहरु,प्रदेश भित्र रसायिनिक मत कारखाना स्थापनका लागी सम्भाब्यता अघ्ययन,किसानका लागी घुम्ति कोष मार्फत ऋण,उत्पादनको आधारमा आनुदान तथा क्षेतीपुर्ति,कृषि विमा र दुग्ध उत्पादक किसानलाई प्रति लिटर ५ रूपैया अनुदान दिने कार्यक्रमको सुरूवात
जस्ता थुप्रै विकास निर्माणका प्रयासहरुलाई काभ्रेका जनताले स्मरण गरिरहेका छन भन्ने कुरामा म पुर्ण रूपमा विस्वस्थ छु ।
काभ्रेली जनता र बागमती प्रदेशका आम जनताहरूले
अबको पालो सँघिय निकाय र देश निर्माणका लागि मलाई र मेरो पार्टीलाई अत्यधिक मत सहित निर्बाचित गराउने कुरामा म ढुक्क छु उहॅाले भन्नु भयो ।

काभ्रेली जनताको न्यायपुर्ण जनमतको सम्मान र राष्ट्रिय नीति र थिति परिबर्तनका लागि तारा चिन्हमा मतदान गरौं, बसुन्धरा हुमागाईलाई अत्यधिक मतले विजय गरौं ॥

Comments are closed

Related Post