Shopping cart

  • Home
  • राजनिती
  • काठमाडौं-१ मा स्वतन्त्र उम्मेदवार राजानन्द माण्डव्यले राप्रपाका रविन्द्र मिश्रलाई गरे समर्थन
देश

काठमाडौं-१ मा स्वतन्त्र उम्मेदवार राजानन्द माण्डव्यले राप्रपाका रविन्द्र मिश्रलाई गरे समर्थन

Email :129

काठमाडौं । काठमाडौं क्षेत्र नं १ का स्वतन्त्र उम्मेदवार तथा राष्ट्रिय पोशाक र झण्डा अभियानका अभियन्ता राजानन्द माण्डव्यले आफ्नो उम्मेदवारी फिर्ता लिँदै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई समर्थन गरेका छन्।

माण्डव्यले मंगलबार दिउँसो पत्रकार सम्मेलन आयोजना गरी माण्डव्यले आफ्नो उम्मेदवारी फिर्ता लिँदै राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई समर्थन गरेका हुन् ।

माण्डव्यले आफू राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कुनै पनि सदस्य नरहेको स्पष्ट पार्दै रविन्द्र मिश्र विजयी भएर संसद पुगेमा राष्ट्रिय पोशाकमै उपस्थित हुन आग्रह गरेका छन्।

 

उनले आफू कसैको पैसामा चुनाव नलडेको र आफ्नै विवेकले राजनीतिक यात्रामा लागेको बताए। पार्टीमा जाँदा तोडफोड होइन एकता कायम गर्नुपर्ने धारणा राख्दै उनले कुनै सर्त नराखी निस्वार्थ रूपमा मिश्रलाई सहयोग गरेको उल्लेख गरे। आफूभन्दा रविन्द्र मिश्र अझ उत्कृष्ट नेता भएको भन्दै हार्दैमा राजनीति नसकिने, मृत्यु भएपछि मात्र राजनीतिक यात्रा अन्त्य हुने टिप्पणीसमेत गरे।

उता रविन्द्र मिश्रले पैसा नबाँड्ने र ढाँटेर भोट नमाग्ने अडान दोहोर्याउँदै राजा नन्द माण्डव्यले हृदयदेखि आफूलाई समर्थन गरेको बताए। उनले राप्रपा सबैभन्दा उत्कृष्ट पार्टी बन्न सक्ने दाबी गर्दै भ्रष्टाचार गरेर खानु आमाको रगत पिएर खानु सरह भएको कडा अभिव्यक्ति दिए। चुनाव जित्ने कुरामा आफू ढुक्क रहेको उल्लेख गर्दै सांसदहरू राष्ट्रिय पोशाकमा संसद् उपस्थित हुँदा संस्थाको गरिमा अझ बढ्ने धारणा पनि राखे।

मिश्रले पृथ्वीनारायण शाहले तीन पटक प्रयासपछि सफलता हासिल गरेको इतिहास स्मरण गर्दै आफू पनि तेस्रो प्रयासमा जित हासिल गर्ने विश्वास व्यक्त गरे। उनले सबै स्वतन्त्र उम्मेदवारलाई साथ दिन आग्रह गर्दै राजनीतिक प्रतिस्पर्धा विचार र इमानदारीका आधारमा हुनुपर्नेमा जोड दिए। नेताहरूको पछिल्लो अभिव्यक्तिले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै राष्ट्रिय पहिचान, पारदर्शिता र नैतिक राजनीतिबारे बहस थप चर्किने संकेत गरेको छ।

Comments are closed

Related Post