Email :80
काठमाडौं । देशभर तापक्रम घट्दो र चिसो बढ्दो छ । यसै क्रममा आज (सोमबार) काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झरेको छ ।
आज बिहान ५ः४५ बजेको मापनमा काठमाडौंको न्यूनतम तापक्रम ३.७ डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यो आजको सुरुवाती मापन हो । आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८ः४५ बजे पुनः मापन गरिन्छ । त्यतिबेला काठमाडौंको न्यूनतम तापक्रम अरू घट्ने सम्भावना हुन्छ । काठमाडौंसहित हाल देशका अन्य स्थानमा पनि तापक्रम घट्दो छ ।
आज तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।














Comments are closed