Email :94
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जाँचबुझ आयोगमा लिखित जवाफ पठाएका छन् । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबारे बुझ्नका लागि आयोगले मेयर शाहलाई लिखित पत्र पठाएको थियो ।
उक्त पत्रको जवाफ शाहले आयोगलाई पठाएका हुन् । आयोगले तत्कालीन सरकार प्रमुख केपी शर्मा ओली ,गृहमन्त्री रमेश लेखक लगायतको बयान लिइसकेको छ । आयोगले बयान लगायतका काम सकेर अब प्रतिवेदन लेखनको काम अघि बढाएको छ ।














Comments are closed