Shopping cart

  • Home
  • राजनिती
  • काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी
देश

काठमाडौँ-८ मा रास्वपाका विराजभक्त श्रेष्ठ विजयी

Email :61

काठमाडौँ । काठमाडौँ प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. ८ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठ विजयी हुनुभएको छ ।

काठमाडौँ–८ का निर्वाचन अधिकृत सम्झना घिमिरेका अनुसार श्रेष्ठ २४ हजार ५९२ मतसहित विजयी हुनुभएको छ ।

उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सुमन सायमीले तीन हजार २१७ मत प्राप्त गर्नुभयो ।

नेपाली कांग्रेसका सपना राजभण्डारीले दुई हजार ८३५, नेकपा (एमाले) का राजेश शाक्यले एक हजार ९०९, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नविन शाहीले एक हजार ९०९ मत प्राप्त गर्नुभएको छ ।

विजयी श्रेष्ठ पूर्व मन्त्रीसमेत हुनुहुन्छ ।  बागमती प्रदेशसभाका पूर्व सदस्यसमेत उहाँ योसँगै तेस्रो पटक जनप्रतिनिधि बन्नुभएको छ ।

Comments are closed

Related Post