Email :45
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ।
नेता श्रेष्ठ केही समयदेखि ललितपुरको जावलाखेलस्थित हेलियस अस्पतालमा उपचाररत थिए। सोही अस्पतालमा उनको निधन भएको हो।
श्रेष्ठको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बुधबार बिहान पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिने र त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने तयारी छ।
श्रेष्ठलाई हालै कांग्रेसले वरिष्ठ नेता बनाएको थियो। श्रेष्ठ विगत एक वर्षदेखि क्यान्सरबाट पीडित थिए। उनको भारत र नेपालका विभिन्न अस्पतालहरूमा उपचारसमेत गरिएको थियो।
श्रेष्ठ स्याङ्जाबाट पटक पटक सांसद निर्वाचित भएका थिए। उनी भौतिक योजना, वन, उद्योग, शिक्षालगायत मन्त्रीसमेत थिए।














Comments are closed