Email :67
काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । बुधबारबाट शुरु भएको बैठक आज दिउसो १ बजे पार्टी कार्यालय सानेपामा बस्ने भएको छ ।
बुधबारको बैठकमा महामन्त्री गगनकुमार थापाले महाधिवेशन र क्रियाशील सदस्यताबारे ब्रिफिङ गरेका थिए । थापाले वडा र क्षेत्रीयको अधिवेशन गरेर सिधै केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् । थापाको प्रस्तावमा नेताहरूले धारणा राख्ने क्रम आज पनि जारी रहने भएको छ ।














Comments are closed