Email :88
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको तीन दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज विभिन्न विषयगत प्रतिवेदनमाथि छलफल सुरु भएको छ ।
सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा जारी बन्दसत्रमा राजनीतिक, सांगठनिक, आर्थिक र विधान संशोधनसम्बन्धी प्रतिवेदन प्रस्तुत गरिएको छ ।
विमलेन्द्र निधि, एनपी साउद, प्रकाशशरण महत, उमाकान्त चौधरी र रमेश लेखकले क्रमशः प्रतिवेदन तथा प्रस्ताव पेस गरेका छन् । सहभागीले समूहगत छलफलमार्फत सुझाव दिनेछन् । विशेष महाधिवेशनपछिको आन्तरिक विवादबीच आयोजित भेला आइतबार घोषणापत्र जारी गर्दै समापन हुनेछ ।














Comments are closed