Shopping cart

  • Home
  • समाज
  • कांग्रेसले बोलायो मङ्गलबार केन्द्रीय कार्यसमिति बैठक
देश

कांग्रेसले बोलायो मङ्गलबार केन्द्रीय कार्यसमिति बैठक

Email :74

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन् ।

कार्यवाहक सभापति खड्काले मङ्गलवार बिहान ११ बजे केन्द्रीय कार्यसमितिको बैठक बीपी स्मृति भवन, बीपीनगर ललितपुरमा बोलाएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसदा पौडेलले जानकारी दिए ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्यहरू र ७ वटै प्रदेशका सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बोलाएको विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको छ ।

विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रियासम्म जाने गरी कार्यविधि पारित भएपछि कार्यवाहक सभापति खड्काले केन्द्रीय कार्यसमिति बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसमा देखिएको समस्याका विषयमा छलफल हुने जनाएको छ ।

Comments are closed

Related Post