Shopping cart

  • Home
  • राजनिती
  • कांग्रेसले फागुन २ भित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने
देश

कांग्रेसले फागुन २ भित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने

Email :102

काठमाडौं । नेपाली कांग्रेसले फागुन २ गतेभित्र आशन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रतिज्ञापत्र सार्वजनिक गर्ने भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले ढिलोमा फागुन २ गतेभित्र प्रतिज्ञापत्र सार्वजनिक गर्ने बताएका हुन् ।

बुधबार बिहान पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता चालिसेले भने, ‘हाम्रो तयारी फागुन १ गतेका लागि छ । ढिलोमा २ गते सार्वजनिक गछौँ ।’

निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक गरिसक्न मंगलबार निर्देशन दिएको थियो । कांग्रेसले यो पटक पार्टीको घोषणापत्रलाई प्रतिज्ञापत्रका रूपमा ल्याउने बताएका छन् ।

Comments are closed

Related Post