काठमाडौं । नेपाली कांग्रेसले आफ्ना संस्थापक नेता तथा जननिर्वाचित प्रथम प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा ‘मानवकल्याण कोष’ स्थापना गरेको छ ।
बुधवार बीपी स्मृति दिवसको अवसरमा आयोजित ‘ग्रीन रन’ कार्यक्रमलाई सम्बोधन गर्दै सभापति गगन थापाले पार्टी सदस्यता शुल्कबाट जम्मा भएको रकमबाट आजैका मितिबाट ‘मानवकल्याण कोष’ स्थापना गर्ने घोषणा गरेका हुन् ।
जलवायु परिवर्तनको विषयमा केवल जनचेतना जगाउन मात्र नभई ठोस संकल्प गर्न आफूहरू उभिएको थापाले बताए ।
सभापति थापाले पार्टीले आयोजना गरेको दौडमा सहभागी धावकहरूको सहभागितालाई आधार मानेर प्रतिव्यक्ति करिब ५०० रुपैयाँका दरले पार्टीको तर्फबाट १० लाख रुपैयाँ उक्त कोषमा जम्मा गरिएको बताए । अहिलेका लागि यो कोषको सम्पूर्ण रकम हालै विस्थापित भएका सुकुम्बासी परिवार, विशेष गरी एकल महिला र साना बालबालिकाको पठनपाठनमा देखिएको अवरोध हटाउन खर्च गरिने उनको भनाइ थियो।














Comments are closed