Shopping cart

  • Home
  • समाज
  • कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी,केन्द्रीय कार्यसमिति बैठक सर्‍यो
देश

कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी,केन्द्रीय कार्यसमिति बैठक सर्‍यो

Email :79

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन र संस्थापन पक्षधरबीच बालुवाटारमा वार्ता जारी छ ।

 

वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् । वार्तामा सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक, बालकृष्ण खाण र शेखर कोइराला पक्षबाट जीवन परियार र मिनेन्द्र रिजाल सहभागी छन् ।

 

भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनका कारण कांग्रेसमा देखिएको विवाद समाधानका लागि आज बिहानै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको टोलीले संस्थापन पक्षसँग वार्ता गरिरहेको हो ।

यसैविच बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी बोलाइएको कार्यसमिति बैठक दिउसो १ बजे बस्ने गरी सरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

Comments are closed

Related Post