Shopping cart

  • Home
  • राजनिती
  • कांग्रेसका कस्ले कुन क्षेत्रबाट निर्वाचन जिते ?
देश

कांग्रेसका कस्ले कुन क्षेत्रबाट निर्वाचन जिते ?

Email :66

काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसले कूल १६५ सिटमध्ये १८ सिटमा जित हासिल गरेको छ । यस निर्वाचनमा दोस्रो दल बनेको कांग्रेस २०७९ को निर्वाचनमा पहिलो दल बनेको थियो । यसपटकको निर्वाचनमा ‘हेभीवेट’ नेता कांग्रेसका सभापति गगन थापा नै पराजित भए ।

कस्ले कुन क्षेत्रबाट निर्वाचन जिते ?
१. पाँचथरमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्र कुमार केरुङ १७ हजार २३३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका हस्त राज शेर्मालाई २ हजार ४९९ मतान्तरले पराजित गरेका हुन् । पराजित शेर्माले १४ हजार ७३४ मत ल्याए ।
२. इलाम क्षेत्र नं १ मा कांग्रेसका निश्कल राई १४ हजार ५४३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ्ग लिम्बुलाई ९११ मतान्तरले पराजित गरेका हुन् । पराजित विनोद लिम्बुले १३ हजार ६३२ मत ल्याए ।
३. तेह्रथुममा  कांग्रेसका उम्मेदवार सन्तोष सुब्वा ११ हजार ५६१ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार भानुभक्त ढकाललाई ८७९ मतान्तरले पराजित गरेका हुन् । पराजित ढकालले १०,६८२ मत ल्याए ।
. सोलुखुम्बु क्षेत्रमा कांग्रेसका उम्मेदवार प्रकाश सिंह कार्की १३ हजार १६६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का उम्मेदवार अशिम राईलाई ३ हजार ७५२ मतान्तरले पराजित गरेका हुन् । पराजित राईले ९ हजार ४१४ मत ल्याए ।
५. रौतहट क्षेत्र नं २ मा कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम २९ हजार ५२८ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार किरणकुमार साहलाई ११ हजार ८६ मतान्तरले पराजित गरेका हुन् । पराजित साहले १८ हजार ४४२ मत ल्याए ।
६. रसुवा क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार मोहन आचार्य १० हजार ६५६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बसन्त भट्टलाई ५ हजार ८५ मतान्तरले पराजित गरेका हुन् । पराजित भट्टले ५ हजार ५७१ मत ल्याए ।
७. मनाङमा नेपाली काँग्रेसका उम्मेदवार टेक बहादुर गुरुङ २ हजार ४१५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार यशोदा गुरुङ (सुवेदी)लाई १ हजार ९६१ मतान्तरले पराजित गरेका हुन् । पराजित सुवेदीले ४५४ मत ल्याइन् ।
८. मुस्ताङमा कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली ३ हजार ३०७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार इन्द्र धारा डादु विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरेका हुन् । पराजित विष्टले १ हजार ८०६ मत ल्याए ।
९. पाल्पामा कांग्रेसका उम्मेदवार सन्दीप राना १८ हजार ३३६ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यलाई १ हजार ५१७ मतान्तरले पराजित गरेका हुन् । पराजित आचार्यले १६ हजार ८१९ मत ल्याएका छन् ।
१०. कपिलवस्तु क्षेत्र नं ३ मा कांग्रेसका उम्मेदवार अभिषेक प्रताप शाह २३ हजार ५३५ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी रास्वपाका उम्मेदवार प्रकाश रजौरियालाई ४ हजार ६४५ मतान्तरले पराजित गरेका हुन् । पराजित रजौरियाले १८ हजार ८९० मत ल्याए ।
११. सुर्खेत क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार ध्रुवकुमार शाहीलाई ८ हजार ७ मतान्तरले पराजित गरेका हुन् । पराजित शाहीले १८ हजार ८९० मत ल्याए ।
१२. दैलेख क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार बासना थापा १२ हजार ३७२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार रविन्द्रराज शर्मालाई ५७६ मतान्तरले पराजित गरेका हुन् । पराजित शर्माले ११ हजार ७९६ मत ल्याए ।
१३. जाजरकोट क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार खडकबहादुर बुढा २० हजार १४२ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार शक्तिबहादुर बस्नेतलाई २ हजार ७३५ मतान्तरले पराजित गरेका हुन् । पराजित बस्नेतले १७ हजार ४०७ मत ल्याए ।
१४. हुम्लामा कांग्रेसका उम्मेदवार जय पती रोकाया ८ हजार ७९७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार दीपेन्द्र रोकायालाई १ हजार ५५४ मतान्तरले पराजित गरेका हुन् । पराजित रोकायाले ७ हजार २४३ मत ल्याए ।
१५. मुगुमा कांग्रेसका उम्मेदवार खड्ग शाही ७ हजार ९१४ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार पूर्णबहादुर रोकायालाई १ हजार १९६ मतान्तरले पराजित गरेका हुन् । पराजित रोकायाले ६ हजार ७१८ मत ल्याए ।
१६. बाजुरा क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार जनकराज गिरी १७ हजार १७३ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार लालबहादुर थापालाई ५४० मतान्तरले पराजित गरेका हुन् । पराजित थापाले १६ हजार ६३३ मत ल्याए ।
१७. अछाम क्षेत्र नं १ मा कांग्रेसका उम्मेदवार भरत कुमार स्वार १० हजार ७५९ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार भीम बहादुर रावललाई ५२६ मतान्तरले पराजित गरेका हुन् । पराजित बहादुर रावलले १० हजार २३३ मत ल्याए ।
१८. डोटी क्षेत्र नं १ मा कांग्र्रेसका उम्मेदवार भरतबहादुर खड्का १४ हजार ८९७ मत ल्याई विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार दीपकबहादुर धामीलाई ७८७ मतान्तरले पराजित गरेका हुन् । पराजित धामीले १४ हजार ११० मत ल्याए ।

Comments are closed

Related Post