सीता ओझा
अप्रत्याशित आएको
यो निर्वाचनमा
लोकतान्त्रिक शक्तिहरुविच एकता हुनुपर्दछ
एकताको सदभावले जनविश्वास बढ्नु पर्छ
निर्वाचनमा व्यक्तिले होइन, देशले जित्नु पर्दछ,
लाेकतन्त्रको मुल्य,मान्यता र राष्ट्रले जित्नु पर्दछ ।
सार्वभौम जनताको वाक स्वतन्त्रता र स्वाभिमानले जित्नु पर्छ ।
मुलुकमा पढ्दो अराजकता र सर्वसत्तावादले
हार्नु पर्छ ।
अनि देशले निखार खोजिरहेको छ।
हामीले राजनीतिको थिग्र्याउनु छ।
याे निर्वाचनले भ्रष्टाचार र ढिलासुस्तीलाई निमोठ्नु पर्छ
सुशासन र रोजगारीको प्रतिबद्धताले युवा हाँस्नु पर्छ ।
निर्वाचनका घोषणपत्रभित्र समाजवादकाे जगको फेहरिस्त देखिनु पर्छ।
समावेशीताको सप्तरङ्गको माला उनिनु पर्छ ।
हत्या हिंसा र बलात्कार निर्मुल हुने कुरा व्यवहारमा देखिनुपर्छ ।
युगान्तकारी परिवर्तनहरुका मुद्दाहरुको सम्बोधन हुनुपर्दछ
जनताको भावना समेट्नु पर्छ ।
सहिदको रगतले रङ्गिएको
पाँचकुने ताराले
दलालपूँजीवाद परस्त गर्नु पर्छ,
राष्ट्र र राष्ट्रियताका पक्षधरले सदासदा जित्नु पर्दछ।
अपराध र ठगिका मतियारले हार्नै पर्दछ ।
रक्त रन्जित पाँचकुने
रातो ताराको उज्यालोले मुलुकको अन्धकारलाई चिर्नु पर्छ ।














Comments are closed