Shopping cart

  • Home
  • समाज
  • कविता : जनता झुक्किनु हुन्न
देश

कविता : जनता झुक्किनु हुन्न

Email :981

प्रेमलकुमार खनाल

गणतन्त्र ल्याउन वलिदानीपूर्ण संघर्ष भयो
खाेइ नयाँ भनिएका शक्ति कहि देखिएनन्
बरु गणतान्त्रिक आन्दोलनमा
खिसिट्यूरी गर्ने र आन्दोलन भाडने देखिए
मधेसमा बलिदानी पूर्ण आन्दोलन भयो
खाेई नयाँ भनिएका शक्ति कहि देखिएनन्,
दुई दुई पटक संसद विघटन विरुद्ध
प्रतिगमन विरोधी आन्दोलन भयाे ।

खाेई नयाँ भनिएका शक्तिआन्दोलनमा देखिएनन् ,
सहकारी पिडितले देश व्यापी आन्दोलन संचालन गरे
खाेई ति नयाँ भनिएका शक्ति देखिएनन् ,
नव उदारवादले देश सखाप पार्याे
गरिबी ,बेरोजगारी ,आय असमानता बढायाे
शिक्षा ,स्वास्थ्यसेवा व्यापारीकरण गर्याे,
तर अहिले चुनावमा देश वर्वाद पार्ने
त्यहीँ नवउदारवादकाे नारा दिएर ।

केही उम्मेदवार जनता संग भाेट माग्दै छन,
त्यसैले जनता झुक्किनु हुन्न,
सस्तो , चर्काे भाषण र गाली गलाैज गर्दैमा
काेही पनि नयाँ शक्ति हुन्नन ,
देशकाे मुहार फेर्न नयाँ नीति कार्यक्रम चाहिन्छ ,
समाजवादी आर्थिक कार्यक्रमले मात्रै
देशमा उत्पादन ,राेजगारी,आय समानता हुन्छ
समाजवादी आर्थिक कार्यक्रमले मात्रै
देशमा सुशासन , विकास र राेजगारी संगै
समाजवादकाे आधार निर्माण हुन्छ,
यस्तो संकल्प गर्ने तारा चिन्हका उम्मेदवार
खाेजी खाेजी तारा चिन्हमा मतदान गराैं

Comments are closed

Related Post