Shopping cart

  • Home
  • राजनिती
  • कतै पनि फेरि मतदान गर्नुपर्ने अवस्था छैन: निर्वाचन आयोग
देश

कतै पनि फेरि मतदान गर्नुपर्ने अवस्था छैन: निर्वाचन आयोग

Email :36

काठमाडौं । निर्वाचन आयोगले सबै निर्वाचन क्षेत्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाएको छ।

आयोगका प्रवक्ता एवं सहसचिव नारायणप्रसाद भट्टराईका अनुसार सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको हो।

उनले कुनै पनि मतदान केन्द्रमा फेरि मतदान गर्नुपर्ने अवस्था नरहेको पनि बताए। ‘सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ। कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने अवस्था देखिएको छैन,’ उनले भने।

यस्तै रसुवा लगायत विभिन्न जिल्लामा मतपेटिका हेलिकप्टरबाट ढुवानी भएको पनि उनले बताए।

उनका अनुसार विभिन्न जिल्लामा हेलिकप्टरबाट मतपेटिका ढुवानी भएको छ। अन्यत्र जारी रहेको र शुक्रबार बिहान १२ बजेभित्र सम्पन्न गर्ने योजना रहेको उनले बताए।

‘आज हेलिकप्टरबाट रसुवा, दोलखा, पूर्वी रूकुम, बाजुरा, बझाङ र हुम्लाको मतपेटिका संकलन गरिएको छ। अन्यत्रको ढुवानी गर्ने कार्य जारी रहेको छ। भोलि १२ बजेभित्र सम्पन्न गर्ने योजना छ,’ उनले भने।

Comments are closed

Related Post