काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट खारेज* भएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै रिट खारेज गरेको हो ।
तर, अदाललते अब उनीहरूको म्याद नथप्न परमादेश जारी गरेको छ । अब उनीहरूलाई तेस्रोपटक म्याद थप नगर्न परमादेश जारी भएको छ ।
हाल थपिएको म्यादभित्रै अनुसन्धान सकेर मुद्दा चल्ने नचर्ने निर्णय गर्न र मुद्दा नचल्ने हो भने हिरासतमुक्त गर्न भनिएको छ ।
ओलीको हकमा श्रीमती राधिका शाक्य र लेखकको हकमा श्रीमती यशोदा लेखकले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए ।
गौरीबहादुर कार्की आयोगले दिएको प्रतिवेदन कार्यान्वयन गर्ने भन्दै मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्ने क्रममा प्रहरीले ओली र लेखकलाई गत चैत १४ गते पक्राउ गरेको थियो ।
दुवै जनालाई प्रहरीले जरूरी पक्राउ पूर्जी दिएर गिरफ्तार गरेको थियो । पछि काठमाडौं जिल्ला अदालतबाट जरूरी पक्राउ पूर्जीलाई समर्थन गराई पटक-पटक म्याद थपको समेत अनुमति पाएको हो ।
प्रहरीले ओली र लेखक दुवैको बयान समेत लिने कार्य सम्पन्न गरिसकेको भए पनि थप अनुसन्धानको कार्य बाँकी नै रहेको भन्दै आइतबार मात्र जिल्ला अदालतबाट ५/५ दिनको म्याद थप लिएको थियो ।














Comments are closed