काठमाडौं। रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुबा मोहनप्रसाद ओलीको निधनमा समवेदना व्यक्त व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमार्फ श्रद्धाञ्जली दिँदै बालेनले पिता पात्र एक भए पनि भूमिका अनेक हुने बताएका हुन्।
केही समयअघि पिता गुमाएका बालेनले फेसबुकमा लेखेका छन्– पिताजस्तो रक्षक कोही छैन, पिताजस्तो गुरु कोही छैन, पिताजस्तो देवता पनि कोही छैन। ‘पात्र एक, भूमिका अनेक।’
यस्तै, बालेनले पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउने र कस्तो अपूरणीय अभाव ल्याउने आफूले पनि भोगेको जनाएका छन्।
उनले लेखेका छन्– केही समय अघि मात्रै पिता गुमाएकाले मलाई महसुस छ – पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ।
ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा निधन भएको थियो।















Comments are closed