Shopping cart

  • Home
  • राजनिती
  • ओखलढुंगामा एमाले, कांग्रेस र रास्वपा परित्याग गरी १२ सय नेता-कार्यकर्ता नेकपामा प्रवेश
देश

ओखलढुंगामा एमाले, कांग्रेस र रास्वपा परित्याग गरी १२ सय नेता-कार्यकर्ता नेकपामा प्रवेश

Email :76

ओखलढुंगा । जिल्लामा नेकपा प्रवेशको लहर तीव्र बन्दै गएको छ। आज मात्रै विभिन्न दल परित्याग गर्दै करिब १२०० जना नेता–कार्यकर्ता तथा समर्थकहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

प्रवेश गर्नेहरूमा नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी का स्थानीय नेता तथा कार्यकर्ता रहेका छन्। नवप्रवेशीहरूलाई नेकपाका केन्द्रीय तथा जिल्ला तहका नेताहरूले भव्य कार्यक्रमका बीच स्वागत गरेका थिए।

कार्यक्रममा बोल्दै नेताहरूले देशमा वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै नेकपा नै जनताको आशा र भरोसाको केन्द्र बनेको दाबी गरे। उनीहरूले सामाजिक न्याय, राष्ट्रिय स्वाधीनता, सुशासन र विकासको स्पष्ट दृष्टिकोणसहित नेकपा अघि बढिरहेको भन्दै नवप्रवेशीहरूलाई संगठित संघर्ष र रूपान्तरणको अभियानमा सक्रिय भूमिका खेल्न आह्वान गरे।

ओखलढुंगामा नेकपाका प्रतिनिधिसभा सदस्य उम्मेदवार अमिरबाबु गुरुङकाे चुनावी अभियान थप शक्तिशाली बनेकाे छ । नेकपाले पछिल्लो समय जनताको व्यापक समर्थन प्राप्त गरिरहेको छ। पछिल्लो प्रवेशले जिल्लामा नेकपाको संगठनात्मक आधार थप सुदृढ भएको र चुनावी प्रतिस्पर्धामा उम्मेदवार गुरुङ अझै शक्तिशाली बनेको पार्टीले उम्मेदवार गुरुङकाे भनाइ छ ।

स्थानीय राजनीतिक वृत्तमा यस प्रवेशलाई अर्थपूर्ण रूपमा हेरिएको छ। निराशा, अवसरवाद र दिशाहीन राजनीतिबाट आजित कार्यकर्ता तथा नागरिकहरू वैकल्पिक र सिद्धान्तनिष्ठ शक्तितर्फ आकर्षित भइरहेको संकेतका रूपमा यसलाई विश्लेषण गरिएको छ।

ओखलढुंगामा देखिएको यो उत्साहजनक लहरले आगामी दिनमा नेकपाको प्रभाव अझ विस्तार हुने अपेक्षा गरिएको छ।

Comments are closed

Related Post