Shopping cart

  • Home
  • समाज
  • ओखलढुंगामा एमालेभित्रैबाट ‘तारामा भोट’ अभियान
देश

ओखलढुंगामा एमालेभित्रैबाट ‘तारामा भोट’ अभियान

Email :33

ओखलढुंगा । ओखलढुंगामा चुनावी माहोल झन् तातिँदै गएको छ। नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङको पक्षमा नेकपा एमालेभित्रकै नेता–कार्यकर्ताहरू खुलेर उत्रिएका छन्। स्थानीय तहदेखि सक्रिय रहँदै आएका एमालेका प्रभावशाली नेताहरूले “विकासका लागि सक्षम नेतृत्व आवश्यक छ” भन्दै गुरुङलाई जिताउन ‘तारामा भोट’ अभियान सुरु गरेका हुन्।

२०७९ सालमा वडाअध्यक्षका उम्मेदवार बनेका पात्ले क्षेत्रका प्रभावशाली नेता पेमा रिन्जी शेर्पाले सार्वजनिक रूपमा धारणा राख्दै भने, “पार्टीले यस पटक गतिलो उम्मेदवार उठाउन सकेन। विकास र जनताको अपेक्षा पूरा गर्न सक्ने नेतृत्व अम्बिर गुरुङ नै हो भन्ने निष्कर्षमा हामी धेरै एमालेभित्रका साथीहरू पुगेका छौं। त्यसैले तारामा भोट हालेर विकासका लागि उहाँलाई जिताउने सल्लाह भएको छ, त्यही गर्छौं।”

एमाले मोलुङ गाउँपालिका–४ का वडा कमिटी अध्यक्ष पदमबहादुर खत्री, उपाध्यक्ष घनबहादुर नेपाली, पालिका कमिटी सदस्य ईश्वरी दर्जी तथा निर्वाचन परिचालन कमिटीका अध्यक्ष कुमार तामाङलगायत दर्जनौं नेता–कार्यकर्ता औपचारिक रूपमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। उनीहरूले नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङको नेतृत्वमा ओखलढुंगामा समृद्धि र स्थायित्वको नयाँ अध्याय सुरु हुने विश्वास व्यक्त गरेका छन्।

नवप्रवेशीहरूलाई स्वागत गर्दै उम्मेदवार गुरुङले पार्टीमा विश्वास गरेर आएकोमा धन्यवाद दिँदै भने, “यो समर्थन व्यक्तिको होइन, विकास र परिवर्तनको पक्षमा हो। हामी सबैलाई समेटेर ओखलढुंगाको समग्र विकासका लागि प्रतिबद्ध छौं।”

स्थानीय तहमा प्रभाव राख्ने नेताहरूको प्रवेशसँगै ओखलढुंगामा नेकपाको संगठनात्मक बल झन् सुदृढ भएको विश्लेषण गरिएको छ। एमालेभित्रैबाट देखिएको असन्तुष्टि र खुला समर्थनले यसपटकको निर्वाचनमा नेकपाका उम्मेदवार अम्बिरबाबु गुरुङलाई थप ऊर्जा र बल प्रदान गरेको छ।

ओखलढुंगाको राजनीतिक परिदृश्यमा आएको यो नयाँ समीकरणले आगामी परिणाममा उल्लेखनीय प्रभाव पार्ने अपेक्षा गरिएको छ।

Comments are closed

Related Post