Shopping cart

  • Home
  • राजनिती
  • ओखलढुंगामा अम्बिरबाबु गुरुङलाई जसपाको साथ
देश

ओखलढुंगामा अम्बिरबाबु गुरुङलाई जसपाको साथ

Email :167
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट ओखलढुंगा प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका अम्बिरबाबु गुरुङलाई जनता समाजवादी पार्टी (जसपा) नेपालको दह्रो साथ प्राप्त भएको छ ।
जसपाको आयोजनामा काठमाडौंमा सम्पन्न उम्मेदवार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा जसपाका हजारैं समर्थकले गुरुङलाई साझा उम्मेदवारका रूपमा अघि सारेका छन् ।
ओखलढुंगा–काठमाडौं सम्पर्क समिति जसपा नेपालको आयोजनामा काठमाडौंको बौद्धमा सम्पन्न कार्यक्रममा बोल्दै उम्मेदवार गुरुङले जिल्लामा भौतिक पूर्वाधारसँगै युवालाई आत्मनिर्भर बनाउने योजनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा बोल्दै गुरुङले एमाले पार्टीभित्र मौलाएको बेथिति, जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारलाई टिकट नदिइ केन्द्रबाट गरिएको हस्तक्षेप र जनभावना विपरीत उम्मेदवार सिफारिस भएकै कारण आफू फरक दलबाट उम्मेदवार बन्नुपरेको स्पस्ट पारे । जनताको भावना र विकासको पक्षमा आफू उभिने उनको भनाइ छ ।

जसपा नेपालका केन्द्रीय सदस्य तथा खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले गुरुङले यसअघि जिल्लाको विकासका लागि गरेका काम र देखाएको नेतृत्व क्षमताको प्रशंसा गर्दै सिंगो ओखलढुंगाको विकासका लागि उनलाई साझा उम्मेदवारका रूपमा अघि सारिएको बताए । उनले आजको युवा पुस्ताको मुख्य माग सुशासन र विकास भएको उल्लेख गर्दै वाद–सिद्धान्त भन्दा जिल्लाको समग्र विकास महत्वपूर्ण हुने धारणा राखे ।

त्यसैगरी ओखलढुंगा–काठमाडौं सम्पर्क समिति जसपा नेपालका अध्यक्ष रामकृष्ण मगरले सिद्धिचरण नगरपालिका–६ जन्तरखानी क्षेत्रमा गुरुङलाई उल्लेख्य मत प्राप्त हुने दाबी गरे । कार्यक्रममा जसपा नेपालका केन्द्रीय अध्यक्ष खेमराज खड्का लगायत केन्द्रीय नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो ।

 

काठमाडौंमा बसोबास गर्ने ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका स्थायी घर भएका हजारौँ नागरिकको सहभागिता रहेको कार्यक्रममा गुरुङलाई साझा उम्मेदवार बनाएर जिल्लाको विकासका लागि गुरुङलाई जिताउन पहल गरिने बताइएको छ ।

अघिल्लो निर्वाचनमा जिल्लाभरि करिब ६ हजार ५ सय मत प्राप्त गरेको जसपाको यो साथ गुरुङका लागि निर्णायक हुन सक्ने भनाइ छ। हाल जिल्लामा जसपाका १ हजार ३ सय ४० भन्दा बढी सक्रिय संगठित सदस्यहरू रहेका छन्।

प्रदेश सांसद र मन्त्री हुँदा जिल्लामा १० अर्बभन्दा बढी विकास बजेट भित्र्याएका गुरुङ एमालेले टिकट नदिएपछि नेपाली कम्युनिस्ट पार्टीको ‘तारा’चुनाव चिह्न लिएर उम्मेदवारी दिएका छन्। ओखलढुंगामा नेकपा एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएपछि विवाद सिर्जना भएको छ।

Comments are closed

Related Post