Email :78
काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा १० कक्षाको एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालयका सदस्य सचिव जङ्गबहादुर अर्यालले नतिजा प्रकाशन गरेको जानकारी दिए ।
पूरक परीक्षा असार १ देखि ९ गते सम्म सञ्चालन भएको थियो ।राष्ट्रिय परीक्षा बोर्डका अनुसार एक लाख ४६ हजार ५०७ जना परीक्षार्थी नन ग्रेडिङमा परेका थिए ।
राष्ट्रिय परीक्षा बोर्डले प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न, उत्तरपुस्तिका हेर्न र पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था रहेको जनाएको छ ।
पुनर्योगका लागि परीक्षार्थीलाई अनलाइनमार्फत आवेदन गर्न सकिने व्यवस्था गरिएको बोर्डको भनाइ छ । पुनर्योगका लागि असार २५ गतेदेखि ३१ गतेसम्मको समय निर्धारण गरिएको छ ।












Comments are closed