Shopping cart

  • Home
  • राजनिती
  • एमाले मिसन जागरण अभियान : सबै केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मेवारी
देश

एमाले मिसन जागरण अभियान : सबै केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मेवारी

Email :193

काठमाडौं । नेकपा एमालेले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा सफलता हासिल गराउन भन्दै मिसन जागरण अभियान सञ्चालन गर्ने भएको छ । यसका लागि एमालेले जिम्मेवारी तोक्दै पार्टीका सबै केन्द्रीय सदस्यलाई कार्ययोजना पठाएको छ ।

केन्द्रीय सदस्यहरूलाई पठाइएको मिसन जागरणको अवधारणामा गत निर्वाचनको समीक्षा, पार्टीले हार बेहोर्नुका कारण, कार्यकर्ता र जनता पार्टीप्रति निराश हुनुको कारण आदि विस्तृत रूपमा केलाइएको एमालेले जनाएको छ ।

‘जनतामा जाऔँ, जनताका कुरा सुनौँ, जनप्रिय बनौँ, जनसङ्गठन परिचालन गरौँ, जबजलाई आत्मसात् गरौँ र जनमत सर्वेक्षणका आधारमा समेत प्रत्येक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्न सक्ने योग्य र सक्षम नेतृत्व तयार गरौँ’ भनेर एमालेको दस्ताबेजमा उल्लेख गरिएको छ ।

प्रचार विभागका प्रमुख निरज आचार्यका अनुसार सबै केन्द्रीय सदस्यहरुलाई पालिकाको जिम्मेवारी दिइएको छ । केन्द्रीय सदस्यले नपुगेका ठाउँमा पार्टीका अन्य नेताहरूलाई समेत जिम्मेवारी दिइएको छ । जिम्मेवारी पाएका नेताहरू स्थलगत रूपमा खटेका छन् कि छैनन् भनेर अनुगमनको पनि व्यवस्था गरिएको छ ।

 

Comments are closed

Related Post