काठमाडौ । नेकपा एमाले ओखलढुंगाका प्रभावशाली नेता सिताराम गुरुङ नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन ।
गुरुङलाई पार्टी केन्द्रिय कार्यालय पेरिसडाडामा पार्टी का संयाेजक पुष्मापकमल दाहाल प्रचण्ड र सहसंयाेजक माधवकुमार नेपालले पार्टीमा पस्वागत गरे ।
एमालेको पार्टी कमिटीमा इमानदार नेताको छवि बनाएका गुरुङ स्थानीय तहको निर्वाचनमा सिद्विचरण नगरपालिकाको मेयरको टिकटका दाबेदार थिए ।
उनको टिकट पार्टीले खोसेको कारण असन्तुष्ट बनेका गुरुङ बागी उम्मेदवार बनेका कारण पार्टीले कारबाही गरेको थियो । सामाजिक तथा राजनीति क्षेत्रमा सक्रिय गुरुङ ओखलढुंगाका चर्चित नेता हुन ।
सिद्विचरण नगरपालिका- ४ का स्थानीय गुरुङ एमालेको कोशी प्रदेश सचिवालय सदस्य तथा ओखलढुंगा पार्टी कमिटीको सिनियर नेतृत्वमध्ये एक थिए । गुरुङले एमाले छाडेपछि ओखलढुंगामा एमाले भित्र अहिले ठुलो हलचल मच्चिरहेको छ ।














Comments are closed