Shopping cart

  • Home
  • समाज
  • एमाले अध्यक्ष ओलीलाई पितृशोक नेकपाका संयोजक प्रचण्डद्वारा दु:ख व्यक्त
मुख्य समाचार

एमाले अध्यक्ष ओलीलाई पितृशोक नेकपाका संयोजक प्रचण्डद्वारा दु:ख व्यक्त

Email :68

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ। उहाँले फेसबुकमार्फत यो समवेदना सार्वजनिक गर्नुभएको हो।

प्रचण्डले भन्नुभयो, “नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका बुवाको निधनले दुःखी बनाएको छ।”

उहाँले थप्नुभयो, “बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै केपी जी लगायत शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।”

Comments are closed

Related Post